धनगढी- बैतडीबाट चरेससहित बझाङका धौले महर पक्राउ परेका छन्। बैतडीको सिगास गाउँपालिका–९ श्रीभाबरस्थित खोड्पे बझाङ सडक खण्डबाट दुई किलो ३९० मिलिग्राम चरेससहित बझाङको बित्थडचिर गाउँपालिका–५ बस्ने ६४ वर्षीय धौले महरलाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट ढोल्यामोड, बैतडीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले महरको साथबाट चरेस फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।
















