• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

घुस बार्गेनिङको भिडियो प्रकरणमा संसदीय समितिबाट ‘क्लिन चिट’ पाएका भट्टविरुद्ध भ्रष्टाचार मुद्दा

  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा निमित्त वन निर्देशक रहेका वेला घुस बार्गेनिङको भिडियो बाहिरिए पनि प्रदेशको संसदीय समितिबाट ‘क्लिन चिट’ पाएका डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टविरुद्ध भ्रष्टाचार मुद्दा चलेको छ। ६ वर्षअघि कपिलवस्तुको गौतम बुद्ध साझेदारी वनमा वैज्ञानिक वन कार्यक्रममार्फत भएको ३७ हजार क्युफिट काठ कटान प्रकरणमा अख्तियारले मंगलबार राप्रपा लुम्बिनीका सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध मुद्दा चलाउँदा भट्ट पनि प्रतिवादी छन्। भट्ट ०७४–७५ मा कपिलवस्तुका जिल्ला वन अधिकृत थिए।

भट्ट विवादास्पद डिभिजनल वन अधिकृत (उपसचिव) हुन्। सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक रहेका वेला उनले मातहतका कार्यालय (डिभिजनल र सबडिभिजनल)बाट रकम असुली गर्ने गरेको भिडियो गत साउनमा बाहिरिएको थियो।

भट्टले मादक पदार्थ सेवन गरेकोजस्तो देखिएको अवस्थामा खिचिएको भिडियोमा स्वयंले नै धनगढीबाट १ लाख, डोटीबाट ५० हजार, कञ्चनपुरबाट ३० हजार, बैतडीबाट १४ हजार तथा अछाम र बझाङबाट २०-२० हजार उठाएको उल्लेख गरेका थिए। सुदूरपश्चिम सरकारले वन निर्देशक, डिभिजन वन कार्यालय तथा सबडिभिजन वन कार्यालयका प्रमुखहरूको सरुवा गर्ने तयारी गरेका वेला भट्टको भिडियो बाहिरिएको थियो।

तर, सुदूरपश्चिम प्रदेशको सार्वजनिक लेखा समितिले भने उनलाई ‘क्लिन चिट’ दिएको थियो। भट्टले ‘भिडियोमा देखिएको स्थान मेरो निवास हो, देखिएको व्यक्ति पनि म हुँ। तर, त्यसमा गरिएको संवाद मेरो होइन’ भनेर बयान दिएको भन्दै क्लिन चिट दिइएको थियो।

भट्टले पदको दुरुपयोग गर्दै अवैध रकम असुली गरेको र आधा करोड अनुदान रकम दुरुपयोग गरेको भन्दै उजुरी परेपछि पूर्ववन तथा वातावरणमन्त्री मानबहादुर धामीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो। संसदीय समितिले भट्टलाई क्लिन चिट दिए पनि भिडियो प्रकरण र अनुदान रकम हिनामिनासम्बन्धी उजुरी अख्तियारमा छ।

वन निर्देशनालयका तत्कालीन निर्देशक हेमराज विष्टविरुद्ध भ्रष्टाचार मुद्दा चलेपछि भट्ट निमित्त वन निर्देशक बनेका थिए। ७ करोड गैरकानुनी सम्पत्ति मुद्दामा विष्टले गत साउनमा विशेष अदालतबाट सफाइ पाएपछि सुदूरपश्चिम वन निर्देशकमा फर्किएका छन्।

विष्टले ३२ स्थानमा घरघडेरी जोडेका छन्। तर, भिडियो प्रकरण बाहिरिएपछि जिम्मेवारीविहीन रही सुदूरपश्चिम वन मन्त्रालयमा हाजिर लगाउँदै आएका भट्टविरुद्ध भ्रष्टाचार मुद्दा चलेसँगै निलम्बनमा परेका छन्।

लेखा समितिले तीन वर्षअघि नै गरेको थियो विष्ट, भट्टसहित आठ डिभिजनल वन अधिकृतलाई कारबाही सिफारिस

प्रतिनिधिसभाको लेखा समितिले तीन वर्षअघि नै सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका तत्कालीन निर्देशक हेमराज विष्ट र पहमानपुरका डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टसहित आठजना डिभिजनल वन अधिकृतलाई छानबिन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको थियो।

लेखा समितिले कारबाही सिफारिस गरेकामा विष्ट र भट्टसहित डिभिजन वन धनगढीका तत्कालीन डिभिजनल वन अधिकृत रामचन्द्र कँडेल, कञ्चनपुरका तत्कालीन डिभिजनल वन अधिकृत अजयविक्रम मानन्धर, कपिलवस्तुका तत्कालीन डिभिजनल वन अधिकृत ईश्वरी पौडेल, नवलपुरका तत्कालीन डिभिजनल वन अधिकृत विजयराज सुवेदी र सिन्धुलीका अधिकृतद्वय नारायण श्रेष्ठ र पुष्पराज बर्तौला थिए।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालनमा अनियमितता गरी वन अधिकारीले अस्वाभाविक उच्च जीवनस्तर यापन गर्दै आएको समितिमातहतको उपसमितिले गरेको छानबिनबाट खुलेको थियो। सोही समितिको सिफारिसमा सरकारले तीन वर्षअघि नै वैज्ञानिक वन कार्यक्रम खारेज गरेको थियो ।

अख्तियारले मुद्दा चलाएका भट्टमाथि साझेदारी वनको कटान प्लट निरीक्षण गर्ने क्रममा काठ व्यवसायीसँग मिलेमतो गरी अवैध रुख कटानलाई वैध बनाउने कार्य गरेको उपसमितिको प्रतिवेदनमा पनि उल्लेख छ ।

 

  • भट्टविरुद्ध भ्रष्टाचार मुद्दा
मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.