• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

रेशमलाई आयोगको प्रश्न- राष्ट्रपतिबाट माफी पाएपछि कसुर नगरेको भन्न मिल्छ?

  •   शनिबार, फागुन १२, २०८० मा प्रकाशित

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रेशमलाल चौधरीविरूद्ध उजुरी परेपछि निर्वाचन आयोगले जवाफ मागेको छ। गत पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टी महाधिवेशनले रेशम चौधरीलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको थियो। चौधरी अध्यक्ष चयन भएको जानकारी अद्यावधिक गराउन पार्टीले माघ २९ गते निर्वाचन आयोगलाई निवेदन दिएको थियो।

तर रेशम चौधरी कर्तव्य ज्यान मुद्दामा दोषी भएर जन्मकैदको सजायको र राष्ट्रपतिले आममाफी दिएर छुटेको भन्दै आयोगमा दुई वटा उजुरी परेका थिए। आयोगमा पुस २९ गते र माघ ३ गते दुई छुट्टाछुट्टै उजुरी परेको थियो। त्यस उजुरीमा उल्लेख भएका विषयबारे आयोगले प्रक्रिया अघि बढाएको हो।

आयोगले नाउपाको विवरणहरू अद्यावधिक गर्नुअघि बिहीबार रेशम चौधरी र नाउपासँग जवाफ माग्ने निर्णय गरेको हो। आयोगले चौधरीलाई विभिन्न बुँदामा प्रश्नहरू सोधेर त्यसको जवाफ सात दिनभित्र पेश गर्न भनेको छ। आयोगले चौधरीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा २को खण्ड ख बमोजिम राजनीतिक दलको सदस्य बन्न योग्य व्यक्ति हो वा होइन यसका आधार र कारण के हुन् भनेर प्रश्न सोधेको छ।

उपदफा १ बमोजिम सदस्यता वितरण गर्दा भ्रष्टाचार, जबरजस्ती करणी, मानब बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धिकरण, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको हुनुपर्ने उल्लेख छ।

आयोगले दोस्रो प्रश्नमा चौधरी कर्तव्य ज्यान कसुरमा दोषी ठहर भई जन्मकैद पाएको हो वा होइन भनेर पनि प्रश्न गरेको छ। ‘तपाईंले मुद्दा नम्बर ०७७-सिआर-१०७५ को कर्तव्य ज्यान समेतको कसुरमा दोषी ठहरिई सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएको हो वा होइनरु कर्तव्य ज्यान समेतको कसुर नैतिक पतन देखिने फौजदारी कसुरमा पर्छ वा पर्देन?,’ आयोगले चौधरीलाई सोधेको छ।

त्यस्तै अर्को प्रश्नमा सोधिएको छ, ‘कर्तव्य ज्यान समेतको कसुरमा अदालतबाट भएको जन्मकैदको सजायमा नेपालको संविधानको धारा २७६ बमोजिम राष्ट्रपतिबाट सजायको माफी भएको हो वा होइनरु उक्त माफी विरूद्ध अदालतमा कुनै मुद्दा परेको छ वा छैनरु मुद्दा परेको छ भने के कुन अवस्थामा रहेको छरु’

आयोगले चौधरीलाई अदालतबाट जन्मकैद सजाय पाइसकेका व्यक्तिलाई राष्ट्रपतिबाट माफी पाएका आधारमा कर्तव्य ज्यान समेतको कसुर नगरेको भन्न मिल्छ भनेर पनि प्रश्न गरेको छ। ‘तपाईंले कर्तव्य ज्यान समेतको कसुरमा अदालतबाट भएको सजायमा माफी पाएको आधारमा कर्तव्य ज्यान समेतको कसुर नगरेको वा कर्तव्य ज्यान समेतको कसुरमा सजाय नपाएको भन्न मिल्छ वा मिल्दैनरु त्यसका आधार र कारण के छन्,’ आयोगले चौधरीलाई सोधेको छ।

राष्ट्रपतिबाट भएको माफी बमोजिम लगतकट्टा भएरनभएकोबारे पनि आयोगले प्रश्न गरेको छ। त्यसैगरी आयोगले चौधरीलाई नाउपाको अध्यक्ष चयन गर्ने निर्णय विधान बमोजिम भएनरभएको, जन्मकैद सजाय पाएकालाई सदस्यता दिन मिल्नेरनमिल्ने, लगायतका विषयमा उनको दलसँग जवाफ माग गरेको हो।

नाउपाले गत पुस २७ गते टीकापुरमा महाधिवेशन गरी चौधरीलाई अध्यक्ष चयन गरेको थियो। महाधिवेशनबाट अध्यक्ष चयन गरेको एक महिनाभित्र आयोगलाई विवरण अध्यावधिकका लागि निवेदन दिनुपर्छ। त्यसपछि नाउपाले माघ २९ गते निवेदन दिएको थिय।

त्यसअघि नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठ थिइन्। उनी रेशम चौधरीको श्रीमतिसमेत हुन्। अहिले रञ्जिता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्। टीकापुर घटनामा जन्मकैद सजाय भोगिरहेका रेशम चौधरी गणतन्त्र दिवसका दिन राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर गत जेठ १७ गते कारागारबाट रिहा भएका थिए।

 

  • माफी पाएपछि कसुर
शनिबार, फागुन १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.