धनगढी- नेपाल क्रिकेट सङ्घ ९क्यान० ले चार समितिको संयोजक मनोनयन गर्ने निर्णय गरेको छ। क्यानको फागुन १२ र १४ गते बसेको बोर्ड बैठकले पूर्व खेलाडी तथा क्यान केन्द्रीय सदस्य धिरेन्द्र साउदलाई विकास समितिको संयोजक तोकेको छ।
धिरेन्द्रले सुवास शाहीसँग मिलेर १२ धनगढी क्रिकेट एकेडेमी स्थापना गरेका थिए। हालको केन्द्रीय समितिमा उनी लोकप्रिय मतका साथ विजयी भएका थिए।
यस्तै क्यानले केन्द्रीय सदस्य विक्रम विष्टलाई प्राविधिक समितिको संयोजक तोकेको छ। कैलालीका विष्ट लामो समयदेखि क्रिकेट गतिविधिमा सक्रिय छन्।













