धनगढी- कैलाली उद्योग वाणिज्य संघले कैलालीका सुरक्षा प्रमुखहरू लाई स्वागत गरेको छ । संघले धनगढीमा मंगलबार आफ्नै कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गर्दै सरुवा भएर आएका कैलालीका सुरक्षा प्रमुखहरू लाई स्वागत गरेको हो ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्ट, सशस्त्र प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक दलबहादुर पाण्डेय र राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक मोहन कुँवरलाई माला र खादाले स्वागत गरेका थिए ।
संघका अध्यक्ष पुष्पराज कुँवरले सरुवा भएर आएका प्रमुखहरू लाई स्वागत सँगै सफल कार्यकालको शुभकामना दिए । निजी क्षेत्र पनि यहाँहरू सँग समन्वय गरेर अगाडी बढ्न तयार रहेको बताए ।
















