कैलाली- धनगढी उपमहानगरपालिकाले सञ्जीवनी अस्पताललाई सञ्चालनका लागी अनुमति दिएको छ । उपमहानगरपालिकाले मंगलबार १५ सैया अस्पताल सञ्चालन गर्नका अनुमति दिएको सञ्चालक दुस्यान्त बस्नेत ले निशाना न्युजलाई जानकारी दिए । राष्टबैक नजिक रहेको सो अस्पताललाई सञ्चालन गर्न अनुमति दिए पछि स्थानीय बासी समेत खुसी भएको उनले बताए। हामी गुणस्तरीय सेवा लाई मध्यनजर गर्दै बिरामीलाई सेवा दिने उनले बताए ।
१५ शैयाका अस्पतालले आधारभूत स्वास्थ्य सेवालाई अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने, अस्पतालबाट निस्कने फोहोर पृथकीकरण तथा व्यवस्थापनको लागि रातो, निलो, हरियो रंगको बाल्टीको प्रयोग गरी प्रोसिडर पश्चात् प्रयोग भएका सामानलाई अटोक्लेभ गरी निसंक्रमित गरेर मात्रै विसर्जन गर्नुपर्ने, चिकित्सकको उपलब्धतामा आकस्मिक शल्यक्रिया सेवा बाहेक अन्य विशेषज्ञ सेवा दिनु परेमा ५० शैयामा स्तरोन्नति गर्नुपर्ने लगायतका सुझाव सो अनुमति पत्रमा उल्लेख छ ।
कानुन अनुसार सेवा सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, दुई सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्ने व्यवस्था छ ।
















