धनगढी- नेपाली काँग्रेस कैलालीले पार्टीको आगामी जिल्ला सम्मेलनका लागि तयारीमा जुटेको छ । जिल्ला कार्य सम्पादन समिति कैलालीको शुक्रबार बसेको बैठकले पार्टीको दोस्रो जिल्ला सम्मेलनको तयारीका लागि विभिन्न निर्णय समेत गरेको छ ।
जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले जिल्ला सम्मेलनका लागि यही फागुन २६ गतेदेखि मातहतका समितिहरुको सम्मेलन सुभारम्भ गर्ने निर्णय गरेको काँग्रेस कैलाली सचिव नृपबहादुर सुनारले जानकारी दिए । उनका अनुसार वडा र टोल सम्मलेन फागुन २६ गतेदेखि चैत १६ गतेसम्म र पालिका सम्मेलन चैत १७ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिनेछन् ।
यस्तै प्रदेश, क्षेत्रीय सम्मेलन र प्रतिनिधि सभा क्षेत्रीय सम्मेलन २०८१ वैशाख १ गतेदेखि १० गतेसम्म हुनेछन् । जिल्ला सम्मेलन भने वैशाख मसान्तसम्म गरिने सचिव सुनारले जानकारी दिए ।
यस्तै कार्य सम्पादन समितिको बैठकले पार्टी, जनप्रतिनिधिबीच आगामी बजेटका विषयमा एकदिने प्रशिक्षण कार्यक्रमको पनि आयोजना गर्ने निर्णय गरेको उनले बताए ।













