धनगढी- बाजुराको बडिमालिका नगरपालिका कार्यालयभित्रै दुई महिला कर्मचारीबीच कुटाकुट भएको छ। उक्त घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
नगरपालिकाको मेड्पा परियोजनाकी प्रमुख रञ्जिता शाही र उनकै कर्मचारी कुमारी सूर्यवंशीबीच गत शुक्रबार हात हालाहाल भएको हो।कविताले शाहीले आफूलाई पहिलेदेखि नै हेप्ने गरेको आरोप लगाएकी छन्। आफूले परियोजनाको रकम पारदर्शी नगरिएको भनेर कुरा उठाउँदा शाही आक्रमणमा उत्रिएको उनको आरोप छ।













