धनगढी- कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटस्थित मोहना नदीमा युवकको शव भेटिएको छ । नेपाल भारत सीमा क्षेत्र नजिक आज बुधवार युवकको शव भेटिएको हो ।
नदीमा माछा मार्ने क्रममा माझीले घोप्टो परेको अवस्थामा पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय भजनीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।
उनका अनुसार मृतकको परिचय खुल्न सकेको छैन । स्थानीयका अनुसार मृतकसँग टीकापुर नगरपालिका–१ प्रकाश विक नाम लेखिएको पासपोर्ट भेटिएको छ ।













