धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर ८ कान्तिपुर टोलमा रहेको डिलाइट इङ्लिस बोर्डिङ स्कुलले चार जनालाई सम्मान गरेको छ । बिहिवार स्कुलले आफ्नो २६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा चार जनालाई सम्मान गरेको हो ।
सम्मान हुनेमा वरिष्ठ साहित्यकार यज्ञराज यात्री, उसुका प्रशिक्षक रतन खाती, मानव सेवा आश्रमका आदर्श ढकाल र विद्यार्थी विवेचना नाथ रहेका छन् । सम्मानित यात्री, खाती र ढकालले समाज र राष्ट्रलाई योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।
गत वर्षको एसइईमा प्रथम हुन सफल भएको भन्दै स्कुलले नाथलाई नगद पाँच हजार सहित सम्मान गरेको थियो । स्कुलले विभिन्न कार्यक्रम गरी २६ औँ वार्षिकोत्सव मनाएको छ । त्यस अवसरमा स्कुलले केही अतिरिक्त क्रियाकलापमा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीहरूलाई सम्मान समेत गरेको थियो ।
















