धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको एरिष्टो ईंग्लिश बोर्डिङ स्कुलको वार्षिकोत्सवमा पूर्व विद्यार्थी देखी समाजसेवीहरूलाई सम्मान गरिएको छ ।
स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको हो । स्कुलले दृष्टि फाउन्डेसन नेपालीकी सञ्चालिका कल्पना भट्ट, रक्तदाता तथा पत्रकार दीपक उपाध्याय, पूर्व शिक्षक भरत चन्दलाई सम्मान गरेको हो ।
यस्तै एरिष्टोमा माध्यमिक तह अध्यायपन गरी हाल चिकित्सा क्षेत्रमा कार्यरत निशर्ग अस्पतालका डा।नवीन ढुगांना, डा।रुपेस भण्डारी, डा।विजय कार्की र डा।सर्मिलाई सम्मान गरिएको छ ।
वार्षिकोत्सवकै अवसरमा स्कुलकी संयोजक योगमाया देवी कुँवर, मावि संयोजक दीर्घ भण्डारी, एसइई २०७९ मा सुदूरपश्चिम प्रथम भएकी ग्यालेक्सी स्कुलकी छात्रा नितु विष्ट, एरिस्टोकै शिक्षक मधु क्षेत्री, सुरज न्यौपाने, ललिता कुमारी रावत मण्डल, रजनिस कुमार दीक्षित सम्मानित भएका छन् ।
यस्तै उत्कृष्ट शिक्षक र कर्मचारीमा दर्शन थापा, मिना चौधरी, कलावती चौधरी र महेश बोहरा सम्मानित भएका छन् । स्कुलकी संस्थापक शान्ति अधिकारी क्षेत्रीको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहमा सुदूरपश्चिमका सभामुख भिमबहादुर भण्डारी प्रमुख अतिथि रहेका थिए ।













