• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

स्थानीयखेतीतर्फ किसानको आकर्षण

  •   शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित

कैलाली- स्थानीय जातको (रैथाने थारु) आलुखेतीमा यहाँका किसानको आकर्षण बढ्न थालेको छ । पछिल्लो समय आलुको माग बढ्न थालेपछि त्यसतर्फ किसानको अकर्षण बढ्न थालेको हो । माग बढ्नुका साथै विकासे आलुको तुलनामा महँगोमा बिक्री हुन थालेपछि किसानले व्यावसायिक आलुखेती गर्न थालेका स्थानीय बताउँछन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले विकासेभन्दा स्थानीय जातको आलुको माग बढि भइरहेकाले यसलाई व्यावसायिकरूपमा गर्न थालिएको बताए ।

उनले यस वर्ष सात कठ्ठामा आलुखेती गरेको बताए । “मैले पहिले टिपीएस, कार्डिनललगायतका आलु पनि लगाउँथे । यस वर्ष थारुआलु मात्रै लगाएको छु”, चौधरीले भने, “थारुआलुको माग पनि बढेको छ । खान पनि स्वादिलो हुन्छ, त्यसैले यसको उत्पादनमा जोड दिएको छु ।” उन्नत जातका आलु हाल बजारमा प्रतिकिलो २५ देखि ३० मा बिक्री हुने भन्दै थारुआलु प्रतिकिलो ५० मा बिक्री हुने गरेको उनले जानकारी दिए ।

यस वर्ष २५ क्विन्टल आलु उत्पादन भएको चौधरीले बताए । उनले भने, “यस वर्ष १५ क्विन्टल जति बिक्री गर्छु । अरु आफूलाई खान र बीउका लागि राख्छौँ । असारसम्म बिक्री गर्छौँ । त्यो बेला मूल्य अझ बढी हुन्छ । प्रतिकिलो ८० देखि एक सयसम्ममा बिक्री हुन्छ ।” धनगढीमा रहेको हाटबजारमा सहजै बिक्री हुने भन्दै काठमाडौँबाट पनि माग आइरहेको बताए ।

“आलु खनेर निकालेपछि यो सिजनमा फल्ने तरकारी लगाउँछु । तरकारी खेतीबाटै चार जनाको परिवारको खर्च, छोराछोरीको पढाइलेखाइ सबै चलाएको छु”, चौधरीले भने । उनका अनुसार सबै खर्च कटाएर थारुआलु तथा अन्य तरकारीबाट वार्षिक तीन लाखसम्म बचत भइरहेको छ ।

खानमा स्वादिलो, कम बिग्रिने, भण्डारण गर्न सजिलो हुने भएकाले पछिल्लो समय किसानले रैथाने ९थारु० आलु लगाउन थालेका स्थानीय पदीराम चौधरीले बताए । उनले आठ कठ्ठा आलुखेती गरेको बताउँदै करिब २५–२६ क्विन्टल उत्पादन भएको बताए । “अहिले बिक्री सुरु गरेका छौँ । १२ देखि १५ क्विन्टलसम्म यस वर्ष बिक्री गर्छौँ”, उनले भने, “बाँकी आफूले खान र बीउका लागि राख्छौँ ।”

थारु आलु घरमै लामो समय भण्डारण गरेर राख्दा नबिग्रिने उनले पदीरामले बताए । गोबरमलको प्रयोग हुने भएकाले स्वास्थ्यका लागि थारुआलु राम्रो हुने भन्दै बजारमा यसको माग बढ्न थालेको उनको भनाइ छ ।

सोही ठाउँका स्थानीय फूलीराम चौधरीले यस वर्ष तीन कठ्ठामा आलुखेती गरेको बताए । उनले भने, “यस वर्ष १० क्विन्टल जति उत्पादन भएको थियो । पाँच क्विन्टल आलु हाटबजारमा लगेर बिक्री गरिसकेँ, बाँकी आफ्नो परिवारका लागि तरकारी र बीउका लागि राखेका छौँ ।” बीउका लागि कैलालीको घोडाघोडी नगरपालिका–१ पहलमानपुरस्थित शीतभण्डारमा लगेर राख्ने गरेको उनले बताए ।

सोही ठाउँका वीरेन्द्र चौधरीले पनि पाँच कठ्ठामा आलुखेती गर्दै आएको बताए । “पहिले विकासे जातको आलु पनि लगाउँथ्यौँ । अहिले थारुआलुलाई जोड दिएका छौँ । यस वर्ष १५ क्विन्टल उत्पादन भएको छ”, उनले भने, “पुर्खौँदेखि लगाउँदै आइएको रैथाने आलु लगाउन छोडिँदै गएको थियो । यसको मागसँगै मूल्य पनि बढी भएकाले फेरि किसानले लगाउन थालिएका छन् ।”

शान्तिटोलका करिब ५० किसानले थारुआलु खेती गर्दै आएका स्थानीयको भनाइ छ । थारुआलु संरक्षण र प्रवर्द्धनका लागि विशेष पहल गरिने धनगढी उपमहानगरपालिका–६ का वडाध्यक्ष भागिराम चौधरीले बताए ।

“रोग कम लाग्ने, थोरै जग्गामा लगाउँदा उत्पादन धेरै हुने, खानमा स्वादिलो, लामो समयसम्म राख्दा नबिग्रिने थारुआलु संरक्षण र प्रवर्द्धन गर्न आवश्यक छ”, उनले भने, “उन्नत जातको आलुको तुलनामा यसले कम मेहनतमा बढी उत्पाद दिन्छ ।” यसको प्रवर्द्धन, खेती विस्तार गर्न आवश्यक भएको स्थानीय सरकारले पहल गर्ने उनको भनाइ छ ।

आलु प्रवर्द्धनका लागि जिल्लाका विभिन्न ठाउँका किसानलाई कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएको जिल्लास्थित केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए । उनका अनुसार केन्द्रले चालु आवमा जिल्लाका विभिन्न ठाउँमा ४२ हेक्टर जग्गामा थारुआलु खेतीका लागि ७१ किसानलाई अनुदान, बीउबिजन, विषादि, स्प्रे, सिँचाइलगायतमा अनुदान दिएको छ । सो क्षेत्रबाट १० हजार क्विन्टल बढी थारुआलु उत्पादन हुने ज्ञान केन्द्रको अनुमान छ । रासस

 

  • किसानको आकर्षण
शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.