काठमाडौं- नेपालका ओपनर कुशल भुर्तेलले टी-२० आई खेलमा १ हजार रन पूरा गरेका छन् । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध कुशलले ३९ बलमा ४ छक्का ४ चौकासहित ५९ रन बनाए ।
५९ रन बनाएसँगै भूर्तेलको टी आईमा १ हजार ८ रन बनाएका छन् । भुर्तेल टी-२० आईमा एक हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । टी-२० आईमा एक हजार रन पूरा गर्ने पहिलो नम्बरमा दिपेन्द्र ऐरीको नाम रहेको छ । ऐरीले १४७६ रन बनाएका छन् ।













