धनगढी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर आउने भएका छन् । नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली बिहान पौने ९ बजे धनगढी आउने उनको सचिवालयले जनाएको छ।
एमालेले आगामी जेठसम्ममा सबै जिल्लाका जिल्ला अधिवेशन गरिसक्नु पर्ने सर्कुलर जारी गरेको छ। जस अनुसार विभिन्न जिल्लामा अधिवेशनहरू भइरहेका छन्। पार्टीले चैत मसान्तसम्ममा अधिवेशन सक्ने निर्णय गरे पनि मध्यपहाडी यात्राका कारण जेठसम्म सारिएको हो।
















