धनगढी- धनगढी उपमहानगरपालिकामा आइतबार जग्गा कारोबारीले लगाएको ताला नगर प्रहरीले तोडेको छ। जग्गाको कित्ताकाट हुनुपर्ने माग गर्दै जग्गा कारोबार गर्दै आएकाले धनगढी उपमहानगरपालिकाको मूल गेटमा तालाबन्दी गरेका थिए। उनीहरुले लगाएको ताला केहीबेरमै नगर प्रहरीले तोडेको थियो।
धनगढी उपमहानगरपालिकाले जग्गा कित्ताकाट सम्बन्धी बनाएको कार्यविधि सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको छ। सो कार्यविधिविरुद्ध जग्गा कारोबारीले नै अदालतमा रिट दायर गरेका थिए।
कार्यविधिविरुद्ध परेको रिट विचाराधीन अवस्थामा रहेकाले धनगढी उपमहानगरपालिकाले अहिले चाहेर पनि कित्ताकाट गर्न नसक्ने नगर प्रमुख गोपाल हमालले बताए ।
सर्वोच्चमा रहेको मुद्दाका कारण कित्ताकाट रोकिएको भन्दै उनले मुद्दा फिर्ता लिइएमा कित्ताकाट सम्बन्धी निर्णय उपमहानगरपालिकाले गर्न सक्ने उल्लेख गरे ।
















