• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

एमाले कञ्चनपुरको अध्यक्षका लागि चन्द र बुढा मैदानमा

  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित

कञ्चनपुर- नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्वका लागि प्रक्रिया सुरु भएको छ। सहमति हुन नसकेपछि नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको हो। गत बिहीबारदेखि महेन्द्रनगरमा सुरु भएको एमाले कञ्चनपुरको नवौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सहमति हुन नसकेपछि चुनावी प्रक्रिया अघि बढेको एमाले नेताहरूले बताएका छन्।

एमाले नवौँ जिल्ला अधिवेशन निर्वाचन कमिटीका सदस्य वेदप्रकाश उपाध्यायले पदाधिकारीसहित विभिन्न सदस्य पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली प्रकाशित भएको बताए। उनका अनुसार अध्यक्षमा अशोककुमार चन्द र लक्ष्मी बुढाले उम्मेदवारी दर्ता गराएका छन्।

एमाले कञ्चनपुरको अध्यक्षका लागि चन्द र बुढा चुनावी मैदानमा होमिएका छन्। उपाध्यक्ष, सचिव एवं उपसचिवसहित सदस्यहरूमा दर्जनौँ, सयौँले उम्मेदवारी दिएका छन्। यसअघि अध्यक्षका लागि पाँचजना देखिएका थिए। हरिप्रसाद जोशी, हिरा चन्द, पल्लवराज भट्ट, अशोक चन्द र लक्ष्मी बुढा देखिएका थिए।

अन्ततः अन्य तीनजना जोशी, चन्द र भट्ट ब्याक भएसँगै अब चन्द र बुढाबीच प्रतिस्पर्धा हुने भएको छ। बुढा पोलिटब्युरो सदस्य निरुदेवी पाल र चन्द अर्का पोलिटब्युरो सदस्य राजेन्द्र रावलनिकट हुन्। यसअघि आठौँ जिल्ला अधिवेशनबाट बुढा पाल गुटबाटै उपाध्यक्षमा निर्वाचित भएकी थिइन् भने चन्द सचिवमा पराजित भएका थिए।

अध्यक्षका लागि देखिएका कञ्चनपुरका युवा नेता हरिप्रसाद जोशीले आफू सच्चा एमाले कार्यकर्ता र कुनै पनि गुटको भक्त नभएकाले अध्यक्षका लागि उम्मेदवारी दर्ताबाटै वञ्चित भएको बताए। ‘माथि नेताका नाममा तल राजनीतिक गर्नेहरू गुटका देखिए,’ उनले भने, ‘म भने कुनै पनि गुटभन्दा एमाले बनाउने अभियानमा थिएँ, तर मलाई नै पछारियो।’

अध्यक्षका लागि देखिएका हिरा चन्दले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। चन्दसहित विष्णुदत्त अवस्थी, विष्णु कँडेल, जनकराज अवस्थीले उम्मेदवारी दिएका हुन्। अध्यक्षकै लागि देखिएका पल्लवराज भट्टले सचिवमा उम्मेदवारी दिएका छन्। भट्टसहित राधाकृष्ण जोशी (ज्वाला) र यसअघि उपसचिव रमेशका कर्ण चन्दले सचिवमा दिएका हुन्।

दुई उपसचिवका लागि १० जना देखिएका छन्। जगतबहादुर सिंह, राजीव खड्का, भारमल सुनार, लोकेन्द्रप्रसाद पन्त, चन्द्रसिंह सार्की, खिमा चन्द, आरपी सार्की, केशव चन्द र चाँदनी धामी (राना) देखिएका छन्। सदस्यतर्फ समेत सयौँ उम्मेदवारी परेको छ।

केही पदहरुरूमा एकल उम्मेदवारी परेको छ। उनीहरू निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन कमिटीले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवारी सूचीअनुरूप लेखा कमिटीतर्फ उपाध्यक्षबाहेक ६ पदमा निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष प्रेमराज अर्याल, सचिव शंकर जोशी, सदस्यहरू केशवसिंह ऐरी, परशुराम पन्त, सन्ध्या पन्त, बालादेवी नाथ, निर्विरोध निर्वाचित भएका छन्।

बेलडाँडी गाउँपालिबाट तीनैजना निर्विरोध निर्वाचित भएका छन्। हरिप्रसाद जोशी, वसन्ती जैसी र लक्ष्मण भाट जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्। लालझाडी भूगोलमा महिलातर्फ रजिता राना, अल्पसंख्यकतर्फ हरिदत्त भट्ट निर्विरोध भएका छन्।

एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि उद्घाटन समारोहमा सकभर सहमति नभए स्वच्छ निर्वाचनबाट प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि चार सय ६४ मतदाता छन्। आइतबार दिउँसो १२ बजेसम्म सहमति नभए मतदान हुने जनाइएको छ। नयाँपत्रिकाबाट

  • चन्द र बुढा मैदानमा
आइतबार, चैत ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.