• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

बझाङमा उपनिर्वाचनका लागि उम्मेदवार छान्दै दलहरू

  •   बिहिबार, चैत ०८, २०८० मा प्रकाशित

तेजराज भट्ट/धनगढी- बझाङ प्रदेश सभा (१) मा आगामी वैशाखमा हुने उपनिर्वाचनका लागि दलहरूले उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाएका छन् । कांग्रेस र एमालेले उम्मेदवारका आकांक्षीको नाम पार्टीको प्रदेश समितिलाई सिफारिस गरेका छन् । माओवादी र एकीकृत समाजवादी पनि उम्मेदवार सिफारिसको तयारीमा छन् ।

गत निर्वाचनमा उक्त क्षेत्रमा कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । गत ५ असारमा बझाङमा भएको दुर्घटनामा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका सिंहसहित उनकी पत्नी र भाउजूको निधन भएको थियो । रिक्त रहेको सो क्षेत्रमा निर्वाचन आयोगले आगामी १५ वैशाखमा उपनिर्वाचन गराउँदै छ ।

निर्वाचनका लागि कांग्रेस जिल्ला कार्यसमितिले उम्मेदवारका आकांक्षी १० जनाको नाम पार्टीको प्रदेश समितिलाई सिफारिस गरेको छ । केन्द्रले सकेसम्म सर्वसम्मत र नभए तीनजनाको नाम पठाउन भने पनि सहमति नभएपछि जिल्लाले १० जनाको नाम सिफारिस गरेको हो । ‘उम्मेदारका आकांक्षी धेरै भए, आकांक्षीकै चाहनामा सबैको नाम सिफारिस गरेका छौँ,’ कांग्रेस बझाङका प्रवक्ता रमानन्द जोशीले भने, ‘कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय पार्टी केन्द्रले गर्ला ।’

नेताहरू जगतप्रसाद जोशी, सत्यराज भण्डारी, शान्ति बोहरा पुजारा, अभिषेकबहादुर सिंह, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह, लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडाको नाम सिफारिस गरिएको प्रवक्ता जोशीले जानकारी दिए । अभिषेक स्वर्गीय सिंहका छोरा हुन् । जोशी चर्चित देउडा गायक हुन् । सिफारिस गरिएका नाम प्रदेश हुँदै केन्द्रमा जाने कांग्रेसले जनाएको छ ।

उपनिर्वाचनमा एमाले, माओवादी र एकीकृत समाजवादी पार्टीबीच गठबन्धन हुने सम्भावना छ । गठबन्धनमा भागबन्डा नटुंगिए पनि आकांक्षीले केन्द्रमा लबिङ बढाएका छन् । एमालेले तीनजनाको नाम पार्टीको प्रदेश कमिटीलाई सिफारिस गरेको छ । उम्मेदवार बन्न ६ जनाले दाबी गरे पनि आन्तरिक निर्वाचनबाट तीनजना छनोट गरेर नाम पठाइएको एमाले जिल्ला कमिटीले जनाएको छ ।

दमन भण्डारी, राधा विष्ट र जुना जाग्रीको नाम जिल्लाबाट सिफारिस भएर आएको एमाले प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले जानकारी दिए । गत निर्वाचनमा पराजित ओफिलाल ओखेडाले आकांक्षा राखे पनि आन्तरिक निर्वाचनबाट उनी सिफारिसमा परेनन् । सचिव चन्दले कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय केन्द्रबाटै हुने बताए । ‘सामान्यतया गठबन्धन गरेरै चुनावमा जाने सहमति हुने देखिन्छ,’ उनले भने, ‘गठबन्धन हुँदा कुन क्षेत्र कसको भागमा पर्छ यकिन छैन, तर हाम्रो जोडबल बझाङमा एमालेले लिनुपर्छ भन्ने छ ।’

माओवादीमा नेताहरू देवराज रेग्मी, जनक बुढा र मीनबहादुर कुँवर उम्मेदवारका प्रबल दाबेदार छन् । उक्त पार्टीले जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरिसकेको छैन । माओवादीका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढाले १०–११ चैतसम्म उम्मेदवारका नाम सिफारिस गर्न जिल्लालाई भनिएको बताए ।

यसैगरी, एकीकृत समाजवादीले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि नाम सिफारिस गर्न निर्देशन दिएको छ । बुधबार बसेको ७७औँ केन्द्रीय सचिवालय बैठकले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा इलाम र बझाङमा प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट उम्मेदारको नाम सिफारिस गर्न निर्देशन दिएको पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले उपनिर्वाचनको उम्मेदवारको निम्ति सत्तागठबन्धनसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।

  • उम्मेदवार छान्दै दलहरू
बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

समाचार

सबै

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.