धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर २ मिलनचौकमा रहेको लिटल फ्लवार बोडिङ हाई स्कुलले ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ । स्कुलले बिहीबार एक कार्यक्रमका बिच आफनो ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो ।

स्कुलका संस्थापक प्रिन्सिपल रामचन्द्र शाहीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका डीन प्राध्यापक पदमराज जोशी रहेका थिए । स्कुलले विभिन्न नृत्य तथा सांस्कृति कार्यक्रम गरेकोे थियो । स्कुलले अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरुलाई सम्मानसमेत गरेको थियो ।














