• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

बजेट अभावले खानेपानी आयोजना अलपत्र

  •   मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
धनगढी- नौ वर्षअघि गाउँमा खानेपानी आयोजनाको निर्माण सुरु हुँदा धनगढी उपमहानगरपालिका–१५, कनरीका बासिन्दा स्वच्छ पानी पिउन पाउने आशमा थिए । करिब नौ सय घरधुरीमा खानेपानी सुविधा पु¥याउने लक्ष्यसहित सरकारको नौ करोड रुपैयाँको लागतमा कनरी खानेपानी योजनाको निर्माण सुरु गरिएको थियो । तर आयोजना निर्माणमा ढिलाइ भएपछि स्थानीय निराश छन् । नल्काको पानी पिउनुपर्ने उनीहरुको बाध्यता हटेको छैन ।
आयोजनाका लागि बोरिङ गरेर जमिनमुनिबाट निकालिएको पानी तीन वर्षदेखि खेर गइरहेको छ । त्यसलाई जम्मा गरेर उपभोक्ताका घरसम्म पु¥याउन ट्यांकी बनाउने र पाइपलाइन बिच्छ्याउने काम हुन सकेको छैन । पानी वितरण गर्न आवश्यक १५ किलोमिटर पाइप लाइनमध्ये हालसम्म करिब तीन सय मिटरमामात्र पाइप बिच्छ्याउने काम पूरा भएको छ ।
‘घरघरमा स्वच्छ पानी आउँछ भनेर सुशी थियौँ, तर अहिलेसम्म न धारा जोडिए, न ट्यांकी बन्यो’ स्थानीयबासिन्दा जयप्रकाश चौधरीले भने, ‘बोरिङ गरेर निकालेको पानी पनि खेर गइरहेको छ, हामीले नक्लाकै प्रदुषित पिउनु परेको छ ।’ गाउँमा धेरैजसोका घरका नल्काको पानीमा गन्ध आउने, भरेर केही समय राख्दा पहेँलो हुने गरेको उनी बताउँछन् । ‘परीक्षण त गरेका छैनौँ तर हेर्दा नल्काको पानी खानयोग्य देखिदैन ।’ चौधरीले भने ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका अनुसार नौ वर्षसम्म यो आयोजनाको भौतिक प्रगति करिब १४ प्रतिशत छ । लागतको २० प्रतिशत उपभोक्ताको श्रमदानसमेत गरी कुल आठ करोड रुपैयाँ लागतमध्ये सरकारले हालसम्म करिब ७० लाख बजेटमात्र दिएको छ ।
टीकापुर नगरपालिका–९, स्थित बागेश्वरी प्रगति सिर्जनशील टोलमा निर्माणाधीन खानेपानी आयोजना पनि अलपत्र छ ।
करिब नौ वर्षअघिनै सुरु भएको यो आयोजनाको भौतिक प्रगति अहिले १० प्रतिशतको हाराहारी रहेको खानेपानी डिभिजन कार्यालय धनगढीका निमित्त प्रमुख गणेशप्रसाद उपाध्यायले बताए । छ करोड रुपैयाँ लागत रहेको हालसम्म आएको ४० लाख बजेटले एउटा बोरिङ गाड्ने र पर्खाल बनाउने काममात्र भएको उनले जानकारी दिए ।
पर्याप्त बजेट नआउँदा काम अगाडि बढाउन समस्या भएको उपाध्यायले बताए । यो आयोजनाका लागि चालु आर्थिक वर्षमा पाँच लाख बजेट आएको डिभिजन कार्यालयले जनाएको छ । ‘गत वर्ष पनि पाँच लाखनै थियो’ उनले भने, ‘छ करोडको आयोजनाका लागि एक वर्षमा पाँच लाख बजेटले के काम हुन्छ ?’
कनरीको खानेपानी योजनाका लागि संघीय सरकारले यस वर्ष १० लाखरुपैयाँ विनियोजन गरेको छ । १० लाखले ट्यांकी बनाउन संभव नभएकाले उक्त रकमबाट जतिपुग्छ पाइपलाइन बिच्छ्याइने उपभोक्ता समितिका सचिव राधेश्याम रानाले बताए । आयोजनाको दुई लाख २५ हजार लिटर क्षमताको ट्यांकी बनाउनमात्र एक करोड ३५ लाख लाग्ने स्टीमेट रहेको उनले बताए ।
कैलाली, कञ्चनपुरमा संघीय सरकारले सुरु गरेका करिब तीन दर्जन खानेपानी आयोजना बजेट अभावका कारण लामो समयदेखि अलपत्र परेका छन् । संघअन्तर्गत कैलालीमा ४१ र कञ्चनपुरमा ३७ वटा खानेपानीका आयोजना निर्माणाधीन छन् । तीमध्ये आधा योजना लामो समयदेखि बजेट अभावको मारमा रहेका निमित्त डिभिजन प्रमुख उपाध्यायले बताए ।
‘योजना संख्या धेरै भयो, बजेट थोरै आउँछ’ उनले भने, ‘दुई जिल्लाका ७८ मध्ये आधा योजनाको काम बजेट अभावले प्रभावकारीरुपमा अगाडि बढाउन सकिएको छैन ।’ ती योजनामा बजेटको सुनिश्चितता नभएकाले ट्यांकी निर्माणको ठेक्का पनि अगाडि बढाउन नसकिएको उनले बताए । आएको थोरै बजेट पर्खाल निर्माण र बोरिङ राख्नमा खर्च गर्ने गरिएको उनले बताए ।
सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा करिब दशकअघि सुरु भएको धनगढी–१६, स्थित भादा खानेपानी आयोजनाको प्रगति पनि निराशाजनक छ । उपभोक्ताको श्रमदानसमेत गरी छ करोड लागतको आयोजनाले पर्याप्त बजेट नपाउँदा भौतिक प्रगति १५ प्रतिशतमा छ । हालसम्म एउटा बोरिङ गाड्ने तथा आयोजनाको कार्यालय भवन र पर्खाल निर्माणको काममात्र भएको खानेपानी डिभिजन कार्यालय धनगढीले जनाएको छ । छ सय घरधुरीमा खानेपानी पु¥याउने भादा खानेपानी आयोजनाको लक्ष्य छ ।
चालु वर्षमा बजेट कटौती
दुई जिल्लामा सञ्चालित खानेपानी आयोजनाहरुका लागि गत वर्षको तुलनामा यस वर्ष बजेट कटौती भएर आएको डिभिजन कार्यालयले जनाएको छ । निमित्त प्रमुख उपाध्यायका अनुसार गत वर्ष करिब ४० करोड बजेट आएकोमा यस वर्ष साढे २५ करोडमात्र आएको छ । ७८ मध्ये आवश्यकताअनुसार बजेट आएका आधा योजना भने सम्पन्न हुने चरणमा रहेका उनले बताए ।
संघका खानेपानीका सबै योजना सम्पन्न गर्न करिब चार अर्ब बजेट आवश्यक पर्ने उनले बताए । खानेपानीका आयोजनामा कुल लागतको २० प्रतिशत स्थानीय उपभोक्ताले श्रमदान गर्नुपर्छ । यस वर्ष संघीय सरकारको शशर्त अनुदानमा खानेपानी सेवा विस्तार तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत दुई जिल्लामा थप १५÷१५ वटा खानेपानीका योजना आएका डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कैलालीमा करिब ८० प्रतिशत जनसंख्यामा खानेपानीको आधारभूत सुविधा पुगेको छ ।

  • आयोजना अलपत्र
मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

समाचार

सबै

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.