कैलालीबाट लागु औषध सहित २ जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा कञ्चनपुर, कृष्णपुर ७ बस्ने बर्ष २४ बिशाल राना र ८ बस्ने बर्ष २२ को भरत राना रहेका छन । बुधबार साँझ इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी ३ चुटकिबजार स्थित भित्रि सडक खण्डबाट पैदल हिडिरहेको अवस्थामा उनीहरुलाई प्रकाउ गरेको प्रहरीले जनाएको छ । शंका लागि चेकजाँच गर्दा भरत रानाका साथबाट ४७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा उक्त पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिई, थप अनुसन्धान भईरहेको जनाएको छ ,।













