काठमाडौं‑काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ हजार २ सय ५० ट्याब्लेट सहित बारा आदर्श कोतवाल गाउँपालिका ४ बस्ने २५ वर्षीय हरिओम यादव समेत २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०३-००१ ख २५५९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका ९ शिवटोलबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल हाईड्रोक्लोराइड २ सय २६ चक्की सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने पृथ्वीचोक बसपार्क घर भएकी १९ वर्षीया एन्जिला गुरूङ र सोही महानगरपालिका १० बुद्धचोक बस्ने २९ वर्षीय सुवास गुरूङ रहेका छन्।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले एन्जिलाको कोठा तलासी गर्दा उक्तलागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













