• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती

  •   बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकावासी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती खेप्नु परेको छ । दसैँमा भत्ता नपाएका उनीहरुलाई तिहारका बेला नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्ताको रकम उपलव्ध गराएको हो ।

वडा कार्यालयमार्फत ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको भत्ताको रकम ज्येष्ठ नागरिकले टाढाको बैङ्क पुगेर बुझ्नु परेको गुनासो गरेका छन् । शुक्लाफाँटा–८ का ८० वर्षीय विरु साउदले बैङ्कमा लाइनमा बसेर भत्ताको रकम बुझ्नु परेको गुनासो गरे ।

“तीन सय रुपैंया अटो भाडा तिरेर बैङ्कमा पुग्यौँ,” उनले भने, “निकै भीड हुँदा लाइनमा बस्नु प¥यो, यसअघि वडा कार्यालयमा लाइनमा नबसीकनै भत्ताको रकम पाइन्थ्यो, अहिले निकै अप्ठेरो भयो ।” भत्ताको रकम बुझ्नका लागि अटो भाडा छिमेकीसँग सापटी मागेर बैङ्कसम्म पुगेका ८५ वर्षीय शेरबहादुर साउदले ज्येष्ठ नागरिकलाई सहज रुपमा सेवा दिनुपर्नेमा उल्टो सास्ती दिने कार्य गरिएको बताए ।

“घरदैलोमै सेवा दिन्छौँ भन्थे, ज्येष्ठ नागरिकलाई सम्मान गर्छौं भन्थे”, उनले भने, “केही वर्ष वडामै भत्ता बुझ्ने व्यवस्था गरे पनि एका एक अहिले चाडपर्वका बेला तीन सय बढी भाडा तिरेर भत्ता बुझ्न बाध्य पारे ।” सबैभन्दा बढी सास्ती भत्ता बुझ्नका लागि अपाङ्गता भएका व्यक्तिहरुले खेप्नु परेको छ । ह्विल चेयरमा समेत बस्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरुलाई घरका सदस्यहरुले बोकेर भत्ता बुझ्नका लागि बैङ्कसम्म पु¥याएका छन् ।

वडामा पुगेर भत्ताको रकम नदिने भएपछि बोकेर बैङ्कसम्म ल्याउनु परेको अपाङ्गता भएका व्यक्तिहरुको भनाइ थियो । नगरपालिका–११ मा भने बैङ्कले टोलटोलमा पुगेर भत्ताको रकम वितरण गरे पनि अन्य वडाका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुले बैङ्कसम्म नै धाउनु परेको थियो । पूर्वनगर प्रमुख दिलबहादुर ऐरले मानवीय दृष्टिले पनि ज्येष्ठ नागरिकलाई घर दैलोमै सेवा पु¥याउनुपर्ने बताए ।

ज्येष्ठ नागरिकलाई सहज रुपमा सेवासुविधा दिनुपर्ने भए पनि उल्टै सास्ती दिने कार्य क्षमायोग्य नरहेको उनको भनाइ छ । आफ्नो कार्यकालमा वडा वडा र टोलटोलमा पुगेर भत्ताको रकम दिने कार्य गरिएको उल्लेख गदैँ उनले ज्येष्ठ नागरिकलाई टाढाको बैङ्कसम्म पु¥याउने कार्य न्यायोचित नभएको बताए । नगरपालिकाका १२ वटै वडामा दुईवटा बैङ्कमार्फत सामाजिक सुरक्षाअन्तर्गतको भत्ताको रकम वितरणको कार्य हुँदै आएको थियो ।

हाल त्यही कार्य गर्ने जिम्मा नगरपालिकाले सम्झौता गरी नौवटा बैङ्कलाई दिएको छ । जनशक्तिको अभावमा बैङ्कले वडामा पुगेर भत्ताको रकम दिन नसकिने बताएपछि ज्येष्ठ नागरिकले बैङ्कसम्म पुग्नु परेको नगरपालिकाका जनप्रतिनिधिहरुको भनाइ छ ।

नगरपालिकाबाट ज्येष्ठ नागरिक (अन्य) दुई हजार छ सय २९, ज्येष्ठ नागरिक ९दलित० तीन सय १६, एकल महिला तीन सय ३२, विधवा नौ सय ८४, पूर्ण अपाङ्गता एक सय २३, अति अशक्त अपाङ्गता दुई सय ६२, दलित बालबालिका पाँच सय २९ गरी पाँच हजार दुई सय ४५ जनाले भत्ताको रकम बुझ्दै आएका छन् । रासस

बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि
लागूऔषधसहित एक युवक पक्राउ
कैलाली र कञ्चनपुरबाट ८४ हजार बढीका भन्सार छलीका सामान बरामद
कांग्रेसको एकता सुदृढ गर्न महाधिवेशन अघि बढिरहेको छ : शाह
कस्तो रहला आजको मौसम ?
धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

समाचार

सबै

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि

लागूऔषधसहित एक युवक पक्राउ

कैलाली र कञ्चनपुरबाट ८४ हजार बढीका भन्सार छलीका सामान बरामद

कांग्रेसको एकता सुदृढ गर्न महाधिवेशन अघि बढिरहेको छ : शाह

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि

लागूऔषधसहित एक युवक पक्राउ

कैलाली र कञ्चनपुरबाट ८४ हजार बढीका भन्सार छलीका सामान बरामद

कांग्रेसको एकता सुदृढ गर्न महाधिवेशन अघि बढिरहेको छ : शाह

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.