धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाको बैठक यही जेठ ११ गते बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ११ गते ११ बजे प्रदेशसभाको बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्ले सिफारिस गरेपछि प्रदेश प्रमुखले अधिवेशन बोलाउने कानुनी व्यवस्था छ ।















