धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा सामाजिक विकास समिति सभापति धर्मराज पाठकले जापानीज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप लगाएका छन्। आज धनगढीमा आयोजित कार्यक्रममा पाठकले सो खोप लगाएका हुन्।
जापानीज इन्सेफलाइटिसबाट सुरक्षित रहन धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका ३० वर्ष उमेर पूरा गरेका सम्पूर्ण नागरिकहरूलाई आफूलाई पायक पर्ने नजिकैको खोप केन्द्रमा गई जेई विरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालय कैलालीले आग्रह गरिएको छ। कार्यालयले जेईखाेप निःशुल्क उपलब्ध गराएको जानकारी दिएको छ।
स्वास्थ्य सुरक्षाका लागि लक्षित उमेर समूहका सबै नागरिकले अभियानमा सहभागी भई खोप लगाउन अनुरोध गरिएको छ।
सांसद पाठकले लगाए जेई खाेप
सांसद पाठकले लगाए जेई खाेप
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













