काठमाडौं । सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक, २०८३’ महिला कर्मचारीलाई महिनावारी(रजस्वला) विदा दिने व्यवस्था गरिएको छ ।
विधेयकमा निजामती कर्मचारीलाई ९ प्रकारको विदाको व्यवस्था प्रस्ताव गरिएको छ, जसमा सरकारले महिला कर्मचारीलाई प्रदान गरिने सेवामा थप गर्दै विधेयकमा महिनावारी(रजस्वला) विदा थप गरेको हो ।
विधेयकमा सरकारले भैपरी, घर, बिरामी, मातृत्व तथा प्रसूति, प्रसुति स्याहार, महिनावारी(रजस्वला), मृत्यु संस्कार, अध्ययन र असाधारण विदा प्रस्ताव गरिएको छ ।
त्यस्तै, सरकारले विधेयकमा असाधारण विदा पनि प्रस्ताव गरेको छ ।













