धनगढी । कैलालीको धनगढीमा बेवारिसे कुकुरको उद्धारका लागि ‘एनिमल सेल्टर’ स्थापना गरिएको छ। धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष गजेन्द्र शाहीले एनिमल सेल्टर स्थापना गरेका हुन् ।
बेवारिसे कुकुरको लागि छाना र खानाको व्यवस्थापनसहितको एनिमल सेल्टर स्थापना गरिएको वडाध्यक्ष शाहीले बताए। उनले भर्खरै सम्पन्न आफ्नो विवाहको खर्च कटाएर बेवारिसे कुकुरको उद्धारका लागि एनिमल सेल्टर स्थापना गरिएको बताए ।
उनले भने ‘कुकुर धार्मिक हिसाबले पनि हामीसंग जोडिएको हुन्छ । इमानदार जनावर पनि हो। बेवारिसे कुकुरलाई आश्रयसँगै उपचारको व्यवस्था पनि यहाँ हुन्छ।’ सेल्टरमा चराका लागि पनि आश्रम स्थल बनाइएको छ।













