धनगढी । ब्युरोबाट खटिआएको असई हु भन्दै ठगी गर्ने एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली धनगढी उप-महानगरपालिका वडा ५ शिवनगर बस्ने बर्ष २६ को निराजन थापा रहेका छन् ।
शनिबार धनगढी उप-महानगरपालिका ४ बसपार्क स्थित धामी होटल सञ्चालक मोहन सिंह धामीलाई विगत २र३ दिन देखि पटकरपटक आई होटलमा म ब्युरोबाट खटीआएको असई हु भन्दै रकम माग्दै गरेको अवस्थामा अस्थायी प्रहरी पोष्ट बसपार्क कैलालीबाट खटिगएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।













