कैलाली । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुन गइरहेको जिल्ला अधिवेशनमा कैलाली जिल्ला सचिव पदका लागि रतनबहादुर खडकाले उम्मेदवारी घोषणा गरेका छन्।
टीकापुर नगरपालिका–१ निवासी खडकाले पार्टीको सङ्गठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने उद्देश्यसहित जिल्ला सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
विभिन्न क्लब तथा सामाजिक संघसंस्थामा सचिव र अध्यक्षलगायतका जिम्मेवारी सम्हालिसकेका खडका सामाजिक तथा सङ्गठनात्मक क्षेत्रमा अनुभव प्राप्त व्यक्ति हुन्। आफूलाई सुम्पिएको जिम्मेवारी इमानदारी, निष्ठा र कुशलतापूर्वक पूरा गर्दै आएका उनी कर्मठ, जिम्मेवार र मिलनसार स्वभावका व्यक्तिका रूपमा परिचित छन्।
स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका खडकामा सामाजिक सेवाप्रतिको भावना पनि उत्तिकै रहेको छ। अरूको दुःखलाई आफ्नै दुःख सम्झेर सहयोग गर्ने, सबैसँग नम्र र आत्मीय व्यवहार गर्ने तथा सबैलाई समेटेर अघि बढ्ने उनको स्वभाव रहेको छ।
पार्टीभित्र आपसी एकता, सहकार्य र समन्वयलाई प्राथमिकता दिँदै संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने, कार्यकर्ताको भावना र सुझावलाई सम्बोधन गर्ने तथा जनतासँग पार्टीको सम्बन्ध अझ प्रगाढ बनाउने लक्ष्यसहित आफूले उम्मेदवारी दिएको खडकाले बताएका छन्।
नेपाली कांग्रेस कैलालीको जिल्ला सचिवमा रतनबहादुर खडकाको उम्मेदवारी घोषणा
नेपाली कांग्रेस कैलालीको जिल्ला सचिवमा रतनबहादुर खडकाको उम्मेदवारी घोषणा
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार



























