धनगढी । कैलाली र कञ्चनपुरमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
सोमबार कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिक र वडा नं. ४ सब्जीमण्डी नजिकबाट अवैध रुपमा भारतबाट
भन्सार छली गरि ल्याएका अन्दाजी रु ४४ हजार ४५० बराबरको कुर्ती, टप्स, गुट्खा,किराना लगायतका सामानहरु नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जानइएको छ ।
त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपाकिला–११ भुजेला र वडा नं. १६ मझगाँउबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी
रु २ लाख ५९ हजार ७५० बराबरको चिनी, मिश्री, नरिवल, ईलेक्ट्रोनिक सामान, सुर्ती, विभिन्न किसिमका कपडा, किराना लगायतका सामानहरु नियन्त्रणमा लिइएको जनाइएको छ ।
उक्त सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।















