धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकन्द्रराज जोशीले राजीनामा दिएका छन्।
मुख्यमन्त्रीमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका जोशीको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखकाे सचिवालयले जनाएको छ ।
तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई ०८१ साउनमा मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए।
त्यसअघि शाहको पहिलो कार्यकालमा पनि उनी मुख्य न्यायाधिवक्ता थिए।















