• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ९. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभाव

  •   मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित वृन्दावन सामुदायिक (छाडा) चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभावले बायोग्यास प्लान्ट निर्माणको कार्य हुन सकेको छैन।

व्यवस्थापन केन्द्रमा संरक्षण गरेर राखिएका ३०० गाईलगायत चौपायाबाट निस्कने मलमूत्रको प्रयोग गरी बायोग्यासको प्लान्ट निर्माण गर्ने योजना अघि सारिए पनि बजेट नहुँदा बन्न सकेको छैन।

‘बायोग्यास प्लान्टसँगै गँड्यौला राखेर प्राङ्गारिक मल उत्पादन गरी किसानलाई सहज मूल्यमा उपलब्ध गराउने योजना अघि सारेका थियौँ,’ वडा नं ९ का अध्यक्ष रमेशबहादुर ऐरले भने, ‘बजेट अभावले बन्न सकेको छैन, व्यवस्थापन केन्द्रमा रहेका चौपायाको मल एकातर्फ र मूत्र अर्कोतर्फ जम्मा हुनेगरी निर्माण हुने संरचना निर्माण गर्न सकेका छैनौँ।’

उनका अनुसार व्यवस्थापन केन्द्र नजिकै किरियापुत्री घर निर्माण गर्ने योजना रहेको छ। ‘गाईको गोबर, गहुँत सहजै उपलब्ध हुने र नजिकै नदी भएकाले किरिया पुत्रीलाई सहजता हुन्छ, त्यही भएर किरियापुत्री घर निर्माण गर्ने योजना बनाएका छौँ, यसका लागि प्रदेश र सङ्घीय सरकारलाई गुहार्छौं’, उनले भने।

नदीले व्यवस्थापन केन्द्रको जग्गा बर्सेनि भू–क्षय गरी बगाउँदै आएकाले भरपर्दो तटबन्धको आवश्यकता भएको उनले उल्लेख गरे। नगरपालिकाबाट प्रत्येक वर्ष विनियोजन हुने रु ३० लाख बजेट व्यवस्थापन केन्द्रमा राखिएका चौपायाको दानापानी, पराल, ब्रान, नुनसँगै गौसेवकको तलबमै बजेट सिद्धिने गरेको उनी बताउँछन्।

केन्द्रमा आठजना गौसेवक कार्यरत रहेका छन्। व्यवस्थापन केन्द्रमा रु तीन करोड ५० लाखका सङ्घीय र प्रदेश सरकारको सहयोगमा भौतिक संरचना निर्माण गरिएका छन्। चारवटा पक्की गाईलगायतका चौपाया बाँध्ने गोठ, दुईवटा चारोलगायत सामग्री राख्नका लागि निर्माण गरिएका गोदाम घर, एक आवाससहितको कार्यालय भवन, समरसेल, स्यालो ट्युबेल जडान गरिएको छ।

योसँगै पाँचवटा अटोजन नल्का, चारवटा सौर्यबत्ती, दुईवटा सिसी क्यामेरा र डेढ किलोमिटर क्षेत्रमा तारवार जडानको कार्य गरिएको छ।

माछापोखरी निर्माण गरी माछापालनको कार्यसमेत गरिएको छ। चौपाया व्यवस्थापन केन्द्रलाई कृषि र पशुपालनको नमूना क्षेत्रका रूपमा विकसित गरी पर्यापर्यटनसँग जोड्नुपर्ने समाजसेवी हबलदार चौधरी बताउँछन्।

‘व्यवस्थापन केन्द्र नजिकै पुरैना ताल छ’, उनले भने, ‘व्यवस्थापन केन्द्र अवलोकन गर्न आउने आगन्तुकलाई घुमाउन सकिन्छ, यसका लागि डीपीआर निर्माण गरी योजनाबद्ध रूपमा कार्य अगाडि बढाउन आवश्यक छ।’

पालिका र प्रदेश सरकाले समन्वय गरी कार्य अगाडि बढाउनुपर्ने सुझाव उनको छ। सामुदायिक चौपाया व्यवस्थापन केन्द्र पाँच हेक्टर जग्गामा फैलिएको छ। गौशालामा रहेका चौपायालाई खुवाउनका लागि १० कट्ठा जग्गामा घाँसखेती गरिएको छ। रासस

मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता
धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा
धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप
गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्य हो : शाह
कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान हुने
सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

समाचार

सबै

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा

धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्य हो : शाह

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा

धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्य हो : शाह

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.