धनगढी । कैलाली एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्लको घोडाघोडी नगरपालिका ४ मा रहेको श्रीराम सामुदायीक वनको ट्याङ्ना खोला किनारमा बुधबार सोही पालिकाको वडा नं. ४ रामपुर बस्ने ३२ वर्षीय नरेश रतोकी मृत अवस्थामा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















