धनगढी । कैलालीको खुटिया नदिमा पौडि खेल्ने क्रममा एक जना वालकको मृत्यु भएको छ । मंगलबार कैलालीको धनगढी
३ स्थित खुटिया नदिमा पौडि खेल्ने क्रममा सोही ठाउँ बस्ने बर्ष ९ का कृष्ण प्रसाद जोशीको मृत्यु भएको हो ।
पौडिखेल्ने क्रममा पानिमा डुवी बेपत्ता भएको खवर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट प्रहरी टोली खटिगइ खोजतलास गर्दा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।















