• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ९. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

धनगढीको नीति तथा कार्यक्रम : ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियान गौरवको कार्यक्रममा समावेश

  •   शनिबार, असार ०७, २०८२ मा प्रकाशित

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
शनिबार नगरसभाको तेह्रौ अधिवेशनमा नगर उपप्रमुख कन्दकलाकुमारी रानाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

नीति तथा कार्यक्रममा ‘सुख,शान्ति र समृद्धिको सहर कल्याणकारी धनगढी उपमहानगर’ भन्ने दीर्घकालीन सोचकासाथ पर्यावरणीय विकासको लागि ‘हाम्रो धनगढी हामी बनाउछौँ’ भन्ने अभियानलाई गौरवको योजना तथा कार्यक्रममा राख्दै निरन्तरता दिएको नगर उपप्रमुख रानाले बताइन् । आगामी आवमा ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’,सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार,‘हाम्रो धनगढी सफा धनगढी,हरियाली प्रवर्द्धन’,उज्यालो धनगढी कार्यक्रमलाई उपमहानगरको गौरवको कार्यक्रमका रुपमा सञ्चालन गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै,सीप तथा रोजगार मेलाको आयोजना गरी युवा रोजगारी लक्षित कार्यक्रम सञ्चालन गरिने,महिला उद्यम बजार र सन्ध्याकालीन बजार सञ्चालन गर्ने कार्यलाई पनि प्राथमिकतामा राखिएको नगर उपप्रमुख रानाले बताइन् ।

‘जहाँ खाली त्यहाँ,हरियाली’ कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा उपमहानगरले समेटेको छ । उपमहानगरका ग्रामीण र सहरी क्षेत्रलाई एक आपसमा जोडेर आर्थिक गतिविधि सञ्चालन गर्दै उपमहानगरबाासीको आयआर्जन बृद्धि गर्न प्राथमिकतासाथ कार्यक्रम सञ्चालन गर्ने नीति लिइने उल्लेख छ ।

उपमहानगर क्षेत्रका विभिन्न सडकहरुको निर्माण एवं स्तरोन्नती गर्न आवश्यक उपकरणको खरिद तथा व्यवस्थापन गर्ने र सहुलियत दरमा सहज रुपमा यातायात सञ्चालन गर्नका लागि नगरबस सञ्चालन गरी सेवा प्रवाह गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

उपमहानगरपालिकाबाट सम्पादित कार्यहरुलाई पारदर्शी, मितव्ययी र गुणस्तरीय बनाइ भ्रष्टाचार विरुद्धको शुन्यसहनशीलताको नीति अवलम्बन गरी सुशासन अभिवृद्धि गर्न तथा सबै प्रकारका सेवा सुबिधाहरुको न्यायोचित वितरणको व्यवस्था मिलाउन आवश्यक नीति अवलम्बन गरिने जनाइएको छ ।

‘हरघडी नगर प्रहरी’ अभियानमार्फत उपमहानगरीय प्रहरी बललाई साधन स्रोत सहित सुसज्जित गरी प्राथामिकताका साथ परिचालन गरिने, उपमहानगपालिका र अन्य स्थानीय तहबीच सहकार्य, साँझेदारी र समन्वय गरी शिक्षा स्वास्थ्य,फोहरमैला व्यवस्थापन,रोजगार, दक्ष जनशक्ति उत्पादन,प्रविधि,पर्यटन,संस्कृति,पूर्वाधार विकास लगायतका क्षेत्रहरुमा सहयोग आदानप्रदान गर्नका लागि दुई पक्षीय कार्यक्रमहरु सञ्चालन गर्ने नीति तथा कार्यक्रममा भनिएको छ ।

उपमहानगरपालिकाले दलित अभियन्ता ‘टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । दलित समुदायका छात्राहरूको शिक्षामा पहुँच वद्धि, सामाजिक समावेशीकरण र लैङ्गिक समानता प्रवर्द्धन गर्न कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरूलाई प्रति छात्रा वार्षिक २ हजारसम्मको स्टेश्नरी सामाग्री निःशुल्क उपलब्ध गराउने ।

कक्षा ११ र १२ देखि स्नातकसम्म विज्ञान, शिक्षा, कानुन र कृषि विषय अध्ययनका लागि सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
उपमहानगरले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । उपमहानगरले आफ्नै प्रयोगशालामार्फत माटो परीक्षण गर्ने,कृषिको तथ्यांक अध्यावधिक गर्ने,प्रयोगमा नरहेको नदीको बगर क्षेत्रमा तरकारी खेती गर्न प्रोत्साहित गर्ने,व्यवसायिक कृषकलाई सक्षम,आत्मनिर्भर बनाउन तालिम,उत्पादन र बजारीकरणका लागि आवश्यक सहयोग गराउने नीतिलाई निरन्तरता दिइने उल्लेख छ ।

खेतीबालीको जोखिम न्यनीकरणका लागि कृषक र बीमा कम्पनीबीच समन्वयात्मक कार्यक्रम गरी कृषि बीमा सम्बन्धी जानकारी गराइने,एकल महिला,अपांगता भएका महिला,दलित महिला,लैंगिक तथा यौनिक अल्पसंख्यक,भूमिहीन,जनजाति,द्वन्द्वपीडित र मुक्त कमैया परिवारको जीवनस्तर उकास्न पुष्प तराकारी एवं च्याउखेती विकास कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

दूध उत्पादनका लागि भैंसी पालन व्यवसायमा संलग्न कृषकलाई आगामी तीन वर्षसम्म दूग्ध विकास संस्थानसँगको समन्वय र सहकार्यमा आवश्यक सहयोग तथा व्याजबाफतको रकम अनुदान उपलब्ध गराउने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै उपमहानगरको नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि स्थानीय आवश्यकता एवं प्राथमिकताका आधारमा उपमहानगरपालिका र राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय गैरसरकारी संघ संस्था,व्यक्ति निकाय,समुदायहरुसँग समन्वय र सहकार्य गरी साँझेदारीमा कार्यक्रमहरु सञ्चालन गर्ने तथा एक आपसमा सहयोगको आदान प्रदान गर्ने निति लिइने जनाइएको छ ।

शनिबार, असार ०७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता
धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा
धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप
गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्य हो : शाह
कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान हुने
सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

समाचार

सबै

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा

धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्य हो : शाह

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा

धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्य हो : शाह

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.