धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले अपाङ्गगता भएका व्यक्तिहरुलाई निःशुल्क रुपमा अपाङ्गता सहायता सामग्री वितरण गरेको छ ।
उपमहानगरपालिकाका सबै वडामा आपाङ्गता भएका व्यक्तिहरुलाई खोजीखोजी निःशुल्क अपाङ्गता सहायता सामाग्री वितरण गरेको हो ।
धनगढी उपमहानगरपालिकाको शनिबारको तेह्राैं नगर सभाबाट पारित गरिएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा अपाङ्गगता भएका व्यक्तिका लागि २० थान वाकिङ्ग ह्वील चियर,४ वटा ट्राईसाइकल,७ जोडा बैशाखी,९ वटा हेरिङ एड, २५ थान वाकिङ स्टीक, १ थान कमोर्ड ह्वील चियर, ५ थान कमोर्ड चियर लगायत ८२ थान सहायता सामाग्री सहयोग गरिएको उल्लेख छ ।
त्यस्तै,हाल सम्म ९३ थान ह्वील चेयर, ३९ थान ट्राईसाईकल,३१ जोडा बैशाखी,२८ थान एल्बो क्रचेज,४७ थान हेरिङ एड, ६९ थान वाकिङ स्टीक ४ थान कमोर्ड,२ थान कृत्रिम खुट्टा निःशुल्क उपलब्ध गराइएको पनि नीति तथा कार्यक्रममा जनाईएको छ ।















