धनगढी । धनगढी मृत अवस्थामा फेला परेकी युवतीको घाँटी र निधारमा चोट लागेको भेटिएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा सोमबार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी मृत भेटिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) राजकुमार सिंहले घटनाको मुचुल्का गरि शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको बताए । प्रहरीका अनुसार मृतक चौधरी कोठा भाडामा बस्दै आएकी थिइन् ।
कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएकाे प्रहरीले जनाएकाे छ । घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













