• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

गेटा अस्पतालकाे सेवा प्रभावकारिता र चिकित्सा शिक्षासम्बन्धी छलफल

  •   सोमबार, असार ०९, २०८२ मा प्रकाशित

धनगढी । गेटा अस्पतालको सेवा प्रभावकारिता र भावी योजनासम्बन्धी विषयमा सोमबार संघर्ष समिति र अस्पताल निर्देशक प्रमोद यादवबीच छलफल भएको छ । बैठकमा अस्पतालको हालको अवस्था, सेवा प्रवाहमा देखिएको कमजोरी, र भावी योजनाबारे गम्भीर चासो व्यक्त गरिएको छ ।

अस्पतालाई प्रभावकारी ढंगले सञ्चालन नभएपछि संघर्ष समितिले छलफल गरेको हो । छलफलमा सेवा प्रवाहमा भएको लापरबाहीका कारण जनताले भोग्नुपरेका समस्याका बारेमा छलफल भएको छ । छलफलमा गेटा अस्पतालले अझै सेवा चुस्त दुरुस्त दिन नसकेको, २४ घण्टा सेवा सञ्चालन गरिएको भनिए पनि प्रभावकारी हुन नसकेको, मनोमानी कर्मचारी नियुक्ति र हटाउने काम गरिएको लगायतका विषयमा छलफल गरिएको थियो ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ले दुई बर्ष पहिले ५० बेडको अस्पताल सञ्चालनमा आए पनि राम्रो संग सञ्चालन हुन नसकेको बताए । इर्मेजेन्सी सेवालाई समेत राम्रोसंग सञ्चालन हुन नसक्नु विडम्बना रहेको उनको भनाई छ । उनले ५० बेडका लागि डाक्टर, इक्युबमेन्ट हुँदा पनि डाक्टरहरू अस्पतालमा नबस्ने गरेका कारण बिरामीको चाप बढ्न नसकेको बताए ।

‘३० जना चिकित्सकहरु रहेको अस्पतालमा २४ घण्टा नै सेवा सञ्चालन हुन सकेको छैन’, उनले भने । ‘यसमा अस्पताल प्रशासनले ध्यान दिन आवश्यक छ ।’ उनले गेटामा आगामी आर्थिक वर्ष देखि ३ सय शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरी सञ्चालन गर्न अस्पताल प्रशासनले भूमिका खेल्नुपर्ने उल्लेख गरे ।

उनले आगामी शैक्षिक सत्र देखि नै चिकित्सा शिक्षा अध्यापन गराउने वातावरण बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताए । अस्पतालमा बिरामीको चाप बढ्न नसक्नुको कारण यस क्षेत्रका जनप्रतिनिधि बसेर सल्लाह गर्न आवश्यक रहेको उनले बताए ।

संघर्ष समितिका तर्फबाट बोल्दै डा डम्बरबहादुर पालले यती ठुलो संरचना बनाउँदा पनि सेवा प्रवास चुस्त दुरुस्त हुन नसक्नु विडम्बना भएको बताए । उनले अस्पतालको सेवा सुविधा चुस्त दुरुस्त बनाएर चालु शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा पढाइको काम सुचारु गरिनुपर्ने बताए । छलफलमा डा नरबहादुर मौनीले ३० जना डाक्टर हुँदा पनि त्यो अनुसारको सेवा प्रभाव हुन नसकेको बताउँदै यस्तो हुनुको कारण पत्ता लगाउन आवश्यक रहेको औल्याए ।

समितिका सचिव धर्मसिंह कुँवरले संघर्ष समितिले अस्पतालको अवस्था बुझ्नको लागि छलफलको आयोजना गरिएको बताए । उनले अस्पताल विश्वविद्यालयको जग भएकाले यसलाई सुदृढ बनाउन आवश्यक रहेकाले सङ्घर्ष समितिले निरन्तर दबाबका कार्यक्रम जारी राखेको बताए । सङ्घर्ष समितिका सदस्य विनोद विष्टले इमर्जेन्सी सेवा सञ्चालन नहुँदा गेटबाट बिरामी फर्किनुपर्ने अवस्था रहेको बताए ।

उनले अस्पतालका लागि मात्रै डेढ अर्ब खर्च भइसक्दा पनि अझै अस्पतालको सेवा प्रभावकारी हुन नसकेको बताए । उनले फार्मेसीमा औषधी नपाउने, नर्सहरूको व्यवहार राम्रो नभएको, क्यान्टिनमा पनि दररेट भन्दा बढी पैसा लिने गरिएको बताए । सङ्घर्ष समितिका सदस्य लोकेन्द्र धामीले मेडिकल सामान खरिद गर्नु पूर्व वायोमेडिकल इन्जिनियर परिवर्तन गरिनु, लेखा अधिकृत सरुवा गरिनुले भ्रष्टाचारको पनि गन्ध आएको बताए ।

छलफल कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक यादवले अहिले सम्म पुरानै निर्देशकले बनाएको योजना अनुसार अस्पताल सञ्चालनमा रहेको बताउँदै आगामी आर्थिक वर्षको साउन देखि आफूले बनाएका योजना अनुसारका क्रियाकलाप गरिने बताए । उनले साउन देखि स्वास्थ्य बीमा, मातृ शिशु कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए । उनले अहिले सम्म पनि अस्पतालको खाता नखुलेकाले आम्दानी गरेको रकम खर्च गर्ने सक्ने अवस्था नभएकाले त्यसका लागि पनि साउने देखि प्रक्रिया अगाडि बढाउने बताए । उनले साउन देखि ३ सय बेडको अस्पताल सञ्चालनका लागि अनुमति र दरबन्दी माग गरिएको बताए ।

उनले कर्मचारी सरुवा, हटाउने कुरा आफ्नो मातहतमा नभएको बताए । उनले उनले बायोमेडिकल इन्जिनियर ज्यालादारीमा कार्यरत भएकाले सरकारले नै पुस देखि जारी गरेको सर्कुलर अनुसार हटाउनु परेको बताए । उनले भने ‘कुनै पनि अधिकृत स्तरको कर्मचारी ज्यालादारीमा राख्न नपाइने भएकाले पुरानो बायोमेडिकल इन्जिनियरलाई हटाएर नयाँ करारमा ल्याएका हौ ।’

छलफलमा निर्देशक यादवले हालसम्म पुराना योजनाअनुसार अस्पताल सञ्चालन भएको र आगामी साउनदेखि नयाँ योजनाअनुसार सेवा विस्तार गरिने दावी गरे । उनले तीन सय शय्याको अस्पताल सञ्चालन, स्वास्थ्य बीमा र मातृ–शिशु कार्यक्रम साउनदेखि सुरु गर्ने जानकारी दिए । साथै, कर्मचारी सरुवा तथा बायोमेडिकल इन्जिनियर हटाइने निर्णय सरकारले जारी गरेको सर्कुलरअनुसार भएको स्पष्ट पारे । गेटामा ६ अर्ब लागतमा ६ सय शैयाको अस्पताल र मेडिकल कलेजका लागि आवश्यक २८ वटा आधुनिक भवन निर्माण भएका छन् ।

सोमबार, असार ०९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.