बाजुरा । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा, गौमुल ३ कोटी गाउँ बस्ने वर्ष
२८ को बिरेन्द्र बोहरा रहेका छन् ।
घर नजिकै मेलामा घाँस काट्ने क्रममा भिरबाट लडी अन्दाजी चारसय मिटर तल खसी घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।













