धनगढी । कास्कीको पोखरा महानगरपालिका-२८ कालिकानस्थित ओख्लेको भीरमा कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ४ विद्यार्थी सहित ५ जनाको मृत्यु छ ।
आज ग.२ ख. १४१७ नम्बरको स्कुल बस सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको हो ।
बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पठाइएकोमा उपचारका क्रममा ४ जना विद्यार्थीको सहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ३ जनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।















