काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता भएको छ । आज दुई पार्टीबीच राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा एकता घोषणा भएको हो ।
नेकपा एकता राष्ट्रिय एकता अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका थिए । उनले पार्टी एकता हुँदा ज्यादै खुसी लागेको बताए ।
एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले अहिले कम्युनिष्ट पार्टीमा व्यक्तिवादी रोग देखा परेको बताए । उनले आफूहरु सबै सही बाटोमा लागुन् भन्ने चाहना राखेको बताए । उनले अहिलेको अवस्थामा एमालेसँग भने एकताको कुनै सम्भावना नरहेको बताए ।













