• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ६. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ९. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • १०. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

मनोसामाजिक उपचार सेवा सुरु भएपछि….

  •   सोमबार, साउन ०५, २०८२ मा प्रकाशित

टीकापुर । कैलालीको टीकापुर–२ कोठारपुरकी एक महिलाले दुई महिनाको अन्तरमा छोरी र श्रीमान् दुवै गुमाए। प्रेम विवाह गरेकी छोरीको मृत्यु भएको दुई महिनामै वैदेशिक रोजगारीका लागि साउदीमा रहेका श्रीमानको पनि मृत्यु भयो। छोरीले पति घरमा हिंसा सहन नसकेर आत्महत्या गरेपछि विचलित भएकी जानकीका साउदीमा रहेका श्रीमान पनि उच्च रक्तचापका कारण बितेपछि उनको संसार उजाडियो।

उनले आफूलाई सम्हाल्न सकेनन्। साउदीमा तीन वर्ष कमाएर फर्केका श्रीमान केही दिन घर बसेर फर्किएको डेढ वर्षपछि ४० वर्षको उमेरमा उतै बिते। विपन्न परिवारकी उनलाई स्नातकसम्म पढाएकी छोरी र कमाउने श्रीमान गुमाएपछि तनाव व्यवस्थापन गर्न नसक्दा मानसिक समस्या सुरु भयो। धेरै समयसम्म उनी तनावमा रहिन्। तनाव व्यवस्थापन गर्न नसक्दा उनको भोक, निद्रा सबै हरायो।

महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा टीकापुर नगरपालिकाका मनोसामाजिक परामर्शदाता मीना कुँवरसँग उनको भेट भयो। कुँवरले मनोपरामर्श र हौसला दिए। दर्जनौं पटक भेटघाट गरे। उनको मनका सबै व्यथा सुनिदिए। पालिकाको समन्वयमा विदेशमा रहेको कम्पनीले रु तीन लाख, सरकारले बिमाबापत रु सात लाख रकम उपलब्ध गरायो। घरको तनावले ९ कक्षा पढ्दै गरेका छोराले पनि तनाव व्यवस्थापन गर्न नसकेर पढाइ छोडे। उनका छोरा हाल भारतको सुरतमा कमाउन गएका छन्।

‘जग्गा जमिन छैन, आम्दानी पनि छैन, पढेलेखेको पनि छैन, भएको घर पनि पानी पर्दा चुहिन्छ,’ उनले भने, ‘सहयोगी कोही छैनन्, धेरै तनाव भयो, निद्रा हरायो, टीकापुर मात्र होइन उपचारका लागि नेपालगन्जसम्म गएँ, निद्रा लाग्ने औषधिसमेत खानुपर्‍यो।’ मनोसामाजिक परामर्शदाता कुँवरले दर्जनौं पटक भेटेपछि मन शान्त भएको उनको भनाइ छ। ‘क्षतिपूर्ति पाएको त्यही रकमले अहिले घरखर्च चलेको छ, त्यो रकम सकिए के गरौंला भन्ने चिन्ता छ,’ उनी भन्छिन्, ‘आम्दानी हुने खालको काम भएको भए जीवन चलाउन सहज हुन्थ्यो।’

कोठारपुरकै अर्की महिलाका श्रीमान विदेशमा छन्। श्रीमान विदेश गएपछि घरायसी कामको सबै जिम्मेवारी उनकै काँधमा आयो। घरायसी काममा घरबाहिर जाँदा वा घरमा पुरुष आफन्त आउँदा छिमेकी तथा आफन्तले श्रीमानलाई गलत कुरा लगाइदिँदा उनलाई श्रीमानले आशंका गर्न थाले। उनलाई श्रीमानले रकम नपठाउने, नानाथरी कुरा गर्न थालेपछि मानसिक तनावले सतायो। ‘धेरै तनाव भएपछि आफू पनि मर्छु र बच्चालाई पनि मार्छु भन्नेसम्मको सोच आयो, कामकाज सबै छोडें, मानिससँग बोल्न छोडें, बच्चा पनि राम्ररी स्याहारिनँ,’ उनी भन्छिन्, ‘मनोसामाजिक परामर्शदाताले परामर्श दिएपछि मन हल्का भयो। त्यसपछि सम्हालिएँ र अहिले सिलाइकटाइको काम गरिरहेकी छु।’

अहिले आत्मबल बढेको र घरमा सल्लाह गर्दा मेलमिलाप भएको र परिवारमा शान्ति छाएको उनी बताउँछिन्। मानसिक स्वास्थ्य स्वावलम्बन समूहकी सदस्य निशादेवी कडायत अहिले पनि समाजमा मानसिक समस्या भएकाहरू लुकेर बसेकाले भविष्यमा विकराल अवस्था आउन सक्ने बताउँछिन्। ‘मैले पनि मानसिक समस्या भोगें, म आफैं स्वास्थ्य समस्या समाधान गर्नुपर्छ भनी सक्रिय भएँ,’ उनी भन्छिन्, ‘तर समुदायमा मनोसामस्या लुकाएर बसेका धेरै छन्, समस्या भएकालाई उपचारमा ल्याउन नसके घरघरमा मनोरोगी भेटिनेछन्।’

मनोसामाजिक परामर्शदाता कुँवर मनोसामाजिक समस्या धेरै प्रकारका रहेको र आफूले घरमै र टोल विकास संस्थामा समूहमा राखेर सयौंलाई सेवा दिने गरेको बताउँछिन्। आव २०८१र८२ मा टीकापुरमा वैदेशिक रोजगारीसँग सम्बन्धित ३० जना मनोसामाजिक समस्यामा परेकालाई सेवा दिएको जानकारी कुँवरले दिइन्। यसमा साइकोसिस भएका ५, डिप्रेसन भएका ९, चिन्ता तनावमा रहेका ७, आघात भएका ४, घरेलु हिंसामा परेका २ र लाञ्छना १ र आत्महत्याको जोखिममा रहेका २ जनालाई मनोपरामर्श सेवा दिइएको छ। पालिकाले आमा समूह, टोल विकास संस्था तथा अन्य समूहमा गएर मनोसामाजिकसम्बन्धी समूह परामर्श सेवा प्रदान गर्दै आएको छ। जसले मनोसामस्या भएकालाई समयमै समाधान खोज्नुपर्छ भन्ने सचेत बनाएको छ।

वैदेशिक रोजगारीपछि रोजगारीमा गएका वा परिवारका सदस्यमा देखिने मनोसामस्यालाई हटाउन पालिकाले प्राथमिकता दिएको छ। टीकापुरमा टीकापुर अस्पतालसहित नारायणपुर स्वास्थ्य चौकी र विजयनगर सहरी स्वास्थ्य केन्द्रमा मनोसामाजिक उपचार सेवा सञ्चालनमा छ। टीकापुरमा सयभन्दा बढी मनोसामाजिक समस्या भएका नागरिकको उपचारपछि स्वास्थ्य सुधार भएको पालिकासँग तथ्यांक छ। अर्का मनोसामाजिक परामर्शदाता खम्ब परियार स्वास्थ्य संस्था र घरभेट गरी मनोसामाजिक परामर्श दिइरहेको बताउँछिन्।

‘मानसिक स्वास्थ्य समस्या भएका वा परिवारका सदस्यलाई जीविकोपार्जनमा पनि सघाएका छौं,’ उनी भन्छिन्, ‘पालिकामा गठन भएका मानसिक स्वास्थ्य स्वावलम्बन समूहमार्फत १४ जनाले बाख्रापालन, तरकारी खेती, सिलाइकटाइ, बंगुरपालनजस्ता आयमूलक काम गरिरहेका छन्।’ यसका साथै इलाका प्रहरी कार्यालय टीकापुरले पनि मनोसामस्याकै कारण आत्महत्या बढेको जनाउँदै आत्महत्या न्यूनीकरण कार्यदल गठन गरी विद्यालय तथा समुदायमा सचेतना जगाउने काम गरिरहेको छ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले मानसिक स्वास्थ्य सेवाबारे नागरिकलाई अझै सचेतना फैलाउन आवश्यक रहेको बताए। ‘मानसिक स्वास्थ्य नीति पालिकाले पारित गरिसकेको छ। अब यसैमा टेकेर धेरै काम गर्नुपर्ने छ,’ उनी भन्छन्, ‘स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव छ। मनोसामस्यालाई तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ।’

नगर प्रमुख रामलाल डगौरा थारु मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताउँछन्। ‘मानसिक स्वास्थ्यमा पर्याप्त लगानी भएको छैन, पालिकामा सञ्चालित प्रवासी कामदार तथा तिनका परिवारको मानसिक स्वास्थ्य र मनोसामाजिक स्वास्थ्यलाई प्राथमिकता दिने गरी काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘पालिकामा रहेका विषयगत शाखासँग समन्वय र छलफल गरेर मानसिक स्वास्थ्य उपचारलाई प्राथमिकता दिने गरी काम गर्ने प्रयासमा छौं। पालिकाका हरेक स्वास्थ्य संस्थामा मनोसामाजिक उपचार सेवा दिने प्रयास गर्नेछौं।’

परामर्श नै पहिलो उपचार हुने भएकाले स्वास्थ्य, शिक्षा र टोल विकास संस्थासँग जोडेर मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने उनले बताए। भेरी अस्पताल, नेपालगन्जका कन्सल्टेन्ट साइक्याट्रिस्ट चिकित्सक लीला देवकोटाले व्यक्तिको मन र समाजसँगको सम्बन्ध सुमधुर भएमा मानसिक स्वास्थ्य ठीक छ भनेर बुझ्न सकिने बताए। ‘मनोसामाजिक अवस्था ठीक हुन, समाजका धेरै कुराले असर गर्छ, मानिसले एउटै घटनालाई फरक तरिकाले बुझ्ने र लिने गर्छ, यो सबै मानसिक अवस्थाका कारण हो भन्ने बुझ्नुपर्छ,’ उनी भन्छिन्, ‘हामीले गरेका हरेक काम समाजले स्वीकार्छ भने हाम्रो मनोसामाजिक स्वास्थ्य राम्रो भएको मान्न सकिन्छ। मानसिक स्वास्थ्य समस्या भएको मानिसको सोच, भावना, व्यवहारमा असामान्य परिवर्तन आउने र त्यसले तनाव उत्पन्न गर्छ।’

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक चार जनामध्ये एक जनालाई मानसिक स्वास्थ्य समस्या हुन्छ। आत्महत्याको प्रमुख कारण मानसिक स्वास्थ्य समस्या भएको चिकित्सकहरू बताउँछन्। नेपालमा ९० प्रतिशत मानसिक स्वास्थ्य समस्या भएका मानिस उपचारबाट टाढा रहेको मनोचिकित्सक देवकोटाको भनाइ छ। अहिलेको अवस्थामा बच्चा, वयस्क, ज्येष्ठ नागरिक सबैलाई मानसिक समस्या देखिएकाले मानसिक समस्या भएकालाई मनोविमर्श र औषधि सेवन गराएर निको गर्नुपर्ने उनको भनाइ छ। दुर्गा देवकोटा/रासस

  • उपचार सेवा
सोमबार, साउन ०५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ
स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

समाचार

सबै

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

  • ६.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.