• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालमा सतर्कता

  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित

कञ्चनपुर । भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । सीमावर्ती क्षेत्रमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा सचेतनासहित सतर्कता अपनाइएको हो ।

जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमानाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गर्नुका साथै सीमावर्ती पालिकाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्याम खड्काले सीमावर्ती क्षेत्रमा सङ्क्रमण देखिएकाले नेपालमा फैलिन नदिने उद्देश्यले सचेतना अभियान सञ्चालन गर्नुका साथै सतर्कता अपनाइएको बताए । उनले भारतसँग सीमा जोडिएका दोधरा चाँदनी, बेलौरी, पुनर्वास, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिमा बर्डफ्लु नियन्त्रण तथा प्रतिबन्धसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिए ।

‘भारतीय सीमावर्ती क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएपछि नेपालतर्फ सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ’, खड्काले भने, ‘सस्तो मूल्य र खुला सीमाका कारण आपूर्ति सहज हुने भएकाले अवैध रूपमा पनि आयात हुने गरेको छ, त्यसले नेपालमा पनि सङ्क्रमणको जोखिम बढाएको छ ।’

सङ्क्रमण फैलिएमा यस क्षेत्रमा पालिएका सबै कुखुरा नष्ट गर्नुपर्ने भएकाले समयमै नियन्त्रणका लागि सचेतना आवश्यक रहेको उनको भनाइ छ । सङ्क्रमण भएमा कुखुरा मर्ने, झोक्य्राउने, चारा नखानेलगायत लक्षण देखिने प्रमुख खड्काले जानकारी दिए । आफूले पालेका कुखुरामा यस्ता लक्षण देखिएमा तत्काल पशु विज्ञ वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा जानकारी गराउन उनले सबै किसानलाई आग्रह गरे ।

यसैबिच, जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले भारतीय कुखुरालाई नेपाल आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मङ्गलबार बसेको बैठकले भारतको उत्तराखण्ड राज्यको बागेश्वर र उधमसिंह नगरमा बर्डफ्लु फैलिएको विभिन्न सञ्चारमाध्यमबाट पुष्टि भएपछि नेपालमा सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको हो ।

समितिले कञ्चनपुरको पुनर्वास, बेलौरी, बेलडाँडी, दोधाराचाँदनी र भीमदत्त नगरपालिका १, २ र १० को सीमावर्ती क्षेत्रबाट पन्छी तथा पन्छीजन्य सामग्रीको आयात र ओसारपसारलाई पूर्ण रूपमा निषेध गरेको छ ।

निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सबै सुरक्षा निकाय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले आकस्मिक अनुगमन गर्ने केन्द्रका प्रमुख खड्काले जानकारी दिए ।

उनका अनुसार अनुगमनका क्रममा अवैध रूपमा सामग्री आयात गरेको पाइएमा त्यस्ता सामग्रीलाई कडाइका साथ नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने समितिले निर्णय गरेको छ ।रासस

बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित
नेपाली कांग्रेसको सभापतिमा थापा विजयी
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

समाचार

सबै

सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित

नेपाली कांग्रेसको सभापतिमा थापा विजयी

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित

नेपाली कांग्रेसको सभापतिमा थापा विजयी

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.