धनगढी । लागुऔषध मुद्दामा फरार डडेल्धुराका एकजना पक्राउ परेका छन्।
जिल्ला अदालत डडेल्धुराको फैसलाले लागगूऔषध मुद्दामा २३ दिन कैद सजाय र २० हजार जरिवाना तोकिएको डडेल्धुराको अमरगढी नगरपालिका–६ बस्ने २७ वर्षीय अनिल ताम्राकार पक्राउ परेको प्रहरीले जनाएको छ ।
ताम्राकारलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बिहीवार सोही नगरपालिका–५ बागबजारबाट पक्राउ गरेको जनाएको छ।















