• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

मुक्त हलियाका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर छ : मन्त्री खड्का

  •   शनिबार, भदौ २१, २०८२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले मुक्त हलियाका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर भएको बताएका छन् ।

१७औं हलिया मुक्ति दिवसका सन्दर्भमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले शनिबार धनगढीमा आयोजना गरेको मुक्त हलियाको न्यायोचित पुनःस्थापनाका लागि प्रदेशस्तरीय संवाद कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘हलिया मुक्तिको घोषणा भएपनि धेरै काम गर्न बाँकी छन् । मुक्त हलियाले अझै सेवा सुविधा पाउन नसकेका कुराहरु छन् । प्रदेश सरकारले आगामी दिनमा यस्ता समस्या समाधानका लागि काम गर्ने छ ।’

स्रोत साधनका सीमिताका बीच काम गर्नुपर्ने अवस्था भएकाले प्रदेश सरकारले चाहेर पनि धेरै काम गर्न नसकेको उनले बताए । उनले भने ‘हामीले हाम्रो स्रोत बढाउन सकेका छैनौँ । देशमा तीन तहका सरकार भएपनि संघीय अनुदानबाट चलेको छ । धेरै कुरा छुटन गएका छन् ।’
उनले मुक्त हलियालाई रोजगारी सिर्जना गर्न सीपमुलक तालिममा जोड दिइने बताउँदै विभिन्न जिल्लामा यस्ता सीपमुलक तालिमहरु सञ्चालन भइरहेको बताए । उनले मुक्त हलियाको स्वास्थ्यमा ध्यान दिँदै स्वास्थ्य बीमामा जोड्न सकिने बताए ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रामेश्वर चौधरीले आफूमन्त्री भएका बेला मुक्त कमैया,हलिया र कम्लरी पुनःस्थापना कार्यविधि ल्याएको बताउँदै अझ पनि हलियाका समस्या समाधानका लागि संसदमा आवाज उठाउने बताए ।
विभेदकारी नीतिका कारण मुक्त हलियाका समस्या समाधान नहुन सकेको बताउँदै उनले यसमा सरकार गम्भीर भएर लाग्नु पर्ने बताए ।

कार्यक्रममा सङ्घीय सरकारले गठन गरेको मुक्त हलिया,कमैया,कमलरी तथा हरुवाचरुवा समुदायको वस्तुस्थिति अध्ययन समितिका सदस्य समेत रहेका संविधानसभा सदस्य हरि श्रीपाइलीले आधारपत्र प्रस्तुत गरेका थिए ।

उनले नेपाल सरकारले गरेका प्रयासहरु,प्रदेश र स्थानीय तहले गरेका प्रयास,मुक्त हलियासँग सम्बन्धित नीतिगत व्यवस्था,पुनःस्थापना प्रक्रियामा देखिएका जटिलता,समस्या र चुनौति,समाधानका उपाय तथा सुझावहरु र तीन तहका सरकारको भूमिकाका बारेमा आधारपत्र प्रस्तुत गरेका थिए ।

आधारपत्र प्रस्तुत गर्दै उनले नेपाल सरकारले प्रमाणिकरण गरेका १६ हजार ९ सय ५३ घरधुरीमध्ये १३ हजार ५ सय ४६ घरधुरीले मात्रै पुनःस्थापना प्याकेज पाएको बताए ।

पुनःस्थापना प्याकेज पाएकामध्ये १ हजार १ सय चार घरधुरीले पुनःस्थापना प्याकेजको अन्तिम किस्ता नपाएको र सरकारले प्रमाणिकरण गरेकामध्ये १ हजार १ सय ३५ परिवारको पुनःस्थापना हुन बाँकी तथ्यांक प्रस्तुत गरे ।

श्रीपाइलीले सुदूरपश्चिमका ३० पालिकाले मुक्त हलिया पुनःस्थापना कार्यविधि पारित गरेको र सुदूरपश्चिम प्रदेश सरकारले मुक्त कमैया,हलिया र कम्लरी पुनःस्थापना कार्यविधि ल्याएको बताए ।

परिचयपत्र पाएर लामो समय पुनःस्थापनाको पर्खाइमा रहेका र अन्तिम किस्ता नपाएका मुक्त हलिया परिवारलाई संघ,प्रदेश र स्थानीय तहहरुले प्राथमिकतामा राखी पुनःस्थापना प्याकेज प्रदान गर्नुपर्ने उनको आधारपत्रमा उल्लेख छ ।

कार्यक्रममा बोल्दै भूमि समस्या समाधान आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय मुक्त हलियाको समस्यामा आफ्नो प्रतिबद्धता रहेको बताउँदै सबैले संविधान प्रदत्त अधिकार पाउनुपर्ने बताए ।

राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका उपसचिव झंकर रावलले अध्ययन बिना नै कानून बनाउँदा कार्यान्वयनमा समस्या हुने बताउँदै मुक्त हलियाका सन्दर्भमा पनि यो समस्या आएको बताए । उनले अहिलेसम्म पनि मुक्त हलियाको एकिन तथ्यांक नहुनु बिडम्बना भएको बताए ।

मुक्त हलियाको पुनःस्थापनाका सवालमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका केन्द्रीय अध्यक्ष ईश्वर सुनारले बताए ।

मुक्ति घोषणाको लामो समय भइसक्दा पनि सबै मुक्त हलियाको पुनःस्थापना हुन नसकेको र अझै केहीले परिचयपत्र समेत नपाएको बताए ।
उनले मुक्त हलियाले जंगलछेउ,नदी किनारमा कष्टकर जीवन बिताइरहनु परेको बताउँदै यसले यसलाई तीनै तहका सरकारले गभ्मीरतापूर्वक लिनुपर्ने बताए । उनले मुक्त हलियाको रोजगारी सिर्जनामा सरकारले ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघका कार्यकारी निर्देशक हरिसिंह बोहराले सहजीकरण गरेको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य गोरख सार्कीले स्वागत मन्तव्यसँगै कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए ।

विसं. २०६५ भदौ २१ गते नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो । सरकारले सुदूरपश्चिमका नौ र कर्णाली प्रदेशका तीन जिल्ला गरि १२ जिल्लामा कुप्रथाका रुपमा रहेको हलिया प्रथा अन्त्यको घोषणा गरेको थियो ।

शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित
नेपाली कांग्रेसको सभापतिमा थापा विजयी
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

समाचार

सबै

सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित

नेपाली कांग्रेसको सभापतिमा थापा विजयी

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित

नेपाली कांग्रेसको सभापतिमा थापा विजयी

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.