• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

यो सरकार बिचौलियाको धम्कीबाट बनेको हो : अध्यक्ष प्रचण्ड

  •   शनिबार, भदौ २१, २०८२ मा प्रकाशित

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको दिशामा जान उद्योगी–व्यवसायीको योगदान अपरिहार्य रहेको बताएका छन् ।

नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको “समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका” विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकमा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले दलाल पुँजीवाद र बिचौलियावादको आलोचना गर्दै कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारबारे कडा टिप्पणी गरे। उनले स्पष्ट शब्दमा भने, “कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो। कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन।”

अध्यक्ष प्रचण्डले नेपाल उद्योग व्यापार महासंघले छोटो समयमै देखाएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै भने, “२०६४ मा स्थापना भएको संस्था आज देशभर प्रभावशाली ढंगले काम गरिरहेको छ। म महासंघको गतिलाई उच्च मूल्याङ्कन गर्छु।”

उनले महासंघका पदाधिकारीहरू सक्षम, जिम्मेवार र देशको उद्योग–व्यापार विकासमा योगदान पुर्याउने समूह भएको उल्लेख गर्दै अझ अध्ययन र लगनशीलता जरुरी रहेको धारणा राखे।

अध्यक्ष प्रचण्डले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको जानकारी गराउँदै भने, “हामीले १२३ वटा माओवादी नेतृत्वका पालिकामा प्रशिक्षण अभियान सञ्चालन गरेका छौं। ती पालिकाहरू कार्यक्षमता मूल्यांकनमा अगाडि छन्।”

उनले पार्टीको विचार, नीतिगत स्पष्टता र व्यावहारिक कार्यदिशाकै कारण ती पालिकामा सफल परिणाम देखिएको बताए।

सरकारमा रहेको दलाल पुँजीवादी प्रवृत्तिको कडा आलोचना गर्दै अध्यक्ष प्रचण्डले भने, “क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन्। हामी त्यसको वैकल्पिक शक्ति हौं।”

माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा खटिएको उल्लेख गर्दै उनले थपे, “हामी मध्यम वर्गकै प्रतिनिधि हौं। ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो।”

सहकारी क्षेत्रमा ठगी गर्नेहरूप्रति संकेत गर्दै प्रचण्डले सहकारी क्षेत्रमा लागेका कांग्रेस–एमालेका नेताहरू नै समस्याको जड भएको आरोप लगाए । “हामीले शक्तिशाली प्राधिकरणमार्फत ठगहरूलाई कारबाही गर्न खोज्यौं, तर सरकार ढालियो। त्यसैले त्यो काम अघि बढ्न सकेन,” उनले भने।

पछिल्लो समयमा माओवादी घटक र इमानदार कम्युनिष्टबीच एकता र सहकार्य बढ्दै गएको प्रचण्डले बताए । उनले भने, “नपत्याउने गरी जनमत बढिरहेको छ। नसोचेका ठाउँमा पनि हामी जितिरहेका छौं। जनताले बुझ्न थालेका छन्, माओवादी केन्द्र नै जनताको पक्षमा काम गर्ने शक्ति हो।”

कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष खिमलाल भण्डारीले गरेका थिए। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’, स्थायी समिति सदस्य शशी श्रेष्ठ, महासंघका इन्चार्ज गंगा कार्की र गण्डकी प्रदेशका नेताहरूको सहभागिता रहेको थियो।

शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित
नेपाली कांग्रेसको सभापतिमा थापा विजयी
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

समाचार

सबै

सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित

नेपाली कांग्रेसको सभापतिमा थापा विजयी

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित

नेपाली कांग्रेसको सभापतिमा थापा विजयी

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.