धनगढी । दार्चुलामा करणी मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हाडनाता करणी मुद्दामा ३ महिना कैद सजाय तोकिएको नौगाड गाउँपालिका–३ बस्ने २६ वर्षीय देबेन्द्र ठगुन्ना र १ महिना १५ दिन कैद सजाय तोकिएकी सोही ठाउँकी ३० वर्षीया मौना ठगुन्ना रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
दार्चुला जिल्ला अदालत दार्चुलाको २०७३ जेठ ३० गतेको फैसलाले कैद सजाय ठहर भई फरार रहेका दुबै जनालाई आइतबार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएइको छ।















