धनगढी । बझाङमा एक घरमा आगलागी भएको छ।
मंगलबार जिल्लाको तलकोट गाउँपालिका–४ लोकण्ड बस्ने हाजिरी रोकायको घरमा खाना पकाउने चुलोबाट घरमा आगलागी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
आगलागीबाट घरको भुई तलामा बाँधेर राखेका एक गाई, १ गोरु र १ भैसी गरी जम्मा–३ वटा चौपाया मरेको तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। क्षतिको विवरण आउन बाँकी रहेको तथा आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।















