धनगढी । कैलालीबाट अवैध काठ बरामद गरिएको छ।
मंगलबार कैलालीको टीकापुर नगरपालिका–५ सिम्रेनीस्थित भित्रि सडकखण्डबाट अवैध काठ बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
नम्बर पिलेट स्पष्ट नदेखिने सोनालिका डी एल ७४५ थ्री कम्पनीको ट्याक्टरको ट्रालीमा लोड गरी राखेको सिमल काठको गोलिया १३ थान (८७.५४ क्यूफिट) र भिल्लरको काठको गोलिया ४ थान (१७.९४ क्यू फिट) गरी जम्मा अन्दाजी ३१ हजार छ सय ४४ बराबरको काठ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।
उक्त ट्राली, काठ आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय टीकापुरमा बुझाएको प्रहरीले जनाएको छ।















