कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा कमिटी गठन गरेको छ । आज धनगढी उपमहानगरपालिका १३ कैलालीगाँउमा पार्टीका क्षेत्रिय संयोजक हरिकृष्ण पन्तको अध्यक्षतामा वैठक वसी ३३ सदस्यीय वडा कमिटी गठन गरेकोे हो ।
वडा कमिटीको अध्यक्षमा दानी राना,उपाध्यक्षमा पुरन चन्द, महिला उपाध्यक्षमा विमला भट्ठ ,सचिवमा हर्कबहादुर वोहरा, कोषाध्यक्षमा देवीरा राना लगायत ३३ सदस्यीय वडा कमिटी गठन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षत्रिय अध्यक्ष सुरेशकुमार रिजालले जानकारी दिए ।
वैठकलाई संबोधन गर्दै प्रदेश उपाध्यक्ष रोम स्वारले भ्रष्टहरुले देशलाई कंगाल वनाएको बताए । अव आउने चुनावमा यस्ता भ्रष्टनेतालाइ भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भोट दिन अपिल गरे ।
कार्यक्रममा पुर्व केन्द्रिय सदस्य लिलाराज भण्डारी,प्रदेश सदस्य शिवराज भण्डारी,क्षेत्रिय अध्यक्ष सुरेशराज रिजाल,युवा प्रदेश अध्यक्ष ईश्वरदत्त
अवस्थी र प्रदेश सदस्य रामचन्द्र भटटले वैठकलाइ सम्बोधन गरेका थिए ।













