धनगढी । कैलालीबाट २ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत बझाङको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका बझाङको सुर्मा गाउँपालिका–२ बस्ने ५४ वर्षीय रंगलाल बोहरा पक्राउ परेका प्रहरीले जनाएको छ ।
बोहरालाई जिल्ला प्रहरी कार्यालय बझाङको समन्वयमा जिल्ला प्रहरी कार्यालय कैलाली, जिल्ला प्रहरी कार्यालय बझाङ र इलाका प्रहरी कार्यालय बहुलियाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार धनगढी उपमहानगरपालिका–१९ फूलवारीबाट पक्राउ गरेको जनाएको छ।
त्यसैगरी कैलाली जिल्ला अदालतको फैसलाले वन मुद्दामा ५ महिना ६ दिन कैद सजाय र रु.६० हजार ६२४ जरिवाना तोकिएका कैलालीको घोडाघोडी नगरपालिका-४ बस्ने बर्ष ३६ को भुवन रतोकीलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाइएको छ ।













